आहा रारा गोल्डकप चैतमा

पोखरा, माघ १७ गते । सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्ड कपको १९ औं संस्करण यसपटक चैत १७ देखि २९ गते सम्म हुने भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत सहारा क्लबले यस प्रतियोगितक हरेक अवस्थामा भएको साथै २०७२ वैशाख महाभूकम्पले प्यारापिट जीर्ण भएपनि सहाराले आहा गोल्डकप नरोकिएको जानकारी गरायो । पोखरा रंगशालामा रहेको […]

पुरा पढ्नुहोस् ...

भोलि पोखरामा नागरिक आन्दोलन हुने

पोखरा, माघ १६ गते । साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देल, अनिकर्म, सुदर्शन पौडेल, निर्मला न्यौपाने, आस्था नेपाली र हेमन्त पहारीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिगमनविरुद्ध भोली पोखरामा नागरिक आन्दोलन’का लागि आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध उक्त आन्दोलन हुने भएको छ । […]

पुरा पढ्नुहोस् ...

हिमाञ्चलका विद्यार्थीद्वारा असाहयलाई आर्थिक सहयोग

पोखरा, माघ १२ गते । पोखरा–८, अन्नपुर्णटोल स्थित हिमाञ्चल बोर्डिङ स्कुलका विद्यार्थीले असाहय व्यक्तिहरुको लागि करिब पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । लकडाउनले गर्दा विभिन्न आर्थिक समस्यामा परेका, अनाथ, सडक बालबालिका, वृद्धाआश्रमलाई सहयोग गर्दै आएका कृष्ण क्षेत्रीलाई एक सांगितिक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो । क्षेत्री धेरै वर्षदेखि संगितिक क्षेत्रमा लागेको साथै […]

पुरा पढ्नुहोस् ...

६५ बालबालिकालाई न्यानो कपडा वितरण

पोखरा, माघ १२ गते । बढ्दो चिसोले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजरगरि विलिभर्स इस्टर्न चर्च समुदाय नेपालले गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका–८ सिमलचौरस्थित होप फर चिल्ड्रेनका ६५ बालबालिकालाइ ज्याकेट तथा मफ्लर वितरण गरेको छ । उक्त वितरण कार्यक्रममा विलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका विशप गोपाल क्षेत्री डायोसिसेन याजक सशीधर चपाई, याजक ख्रष्टिपावल तामाङ, […]

पुरा पढ्नुहोस् ...

बिलिभर्स इस्टर्न समुदायद्वारा २१५ जनालाई ब्लाङकेट वितरण

पोखरा, माघ ९ गते । बढ्दो जाडोको मौसमलाई मध्यनजर गरि बिलिभर्स इस्टर्न समुदायद्वारा पूर्णकालिन रुपमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपालमा सेवारत २१५ जनालाई ब्लाङकेट वितरण गरिएको छ । भोगोलिक विविधताको आधारमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपाल अन्तर्गत सेवारत याजकहरु, डिकन फादरहरु तथा सेविकाहरुको आवश्यक्तालाई ध्यानमा राखी विभिन्न मिति र स्थानहरुमा वितरण गरेको पोखरा डायोसिसका विशप […]

पुरा पढ्नुहोस् ...

पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे १५ अाै संस्करण फागुन १ गते हुने

पोखरा, पुस २८ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको उक्त म्याराथन विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना […]

पुरा पढ्नुहोस् ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनामा निर्माण सम्पन्न हुने, रिट्ठेपानी डाँडा काटिँदै

पोखरा, पौष २४ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको ६ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा […]

पुरा पढ्नुहोस् ...

बागलुङमा गण्डकी प्रदेशका सांसदको गाडीको सिसा फुट्यो

पोखरा, पौष १७ गते । गण्डकी प्रदेश सभामा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाको गाडीको सिसा अज्ञात समूहले फुटाएको छ । बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले समिति सभापतिको हैसियतमा प्रयोग गर्दै आएको ग१झ ३७१ नम्बरको स्कोरपियो गाडीको पछाडिको सिसा फुटेको हो । सांसद थापा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रमका लागि अहिले बागलुङको बरेङ […]

पुरा पढ्नुहोस् ...

नेपाल लिटरेचर फेस्टिबलको ओपनिङ सराङकोटबाट आज हुँदै

पोखरा, पुष १३ गते । नेपाल लिटरेचर फेस्टिभलको “सफ्ट ओपनिङ” आज साँझ ५ बजे हुँदैछ । शुभारम्भ साँझ नाम दिइएको यस कार्यक्रममा गजल महफिल जम्नेछ । जसमा प्रस्तोता अमृत सुवेदीकासाथ जल्दाबल्दा गजलकार प्रदीप रोदनले आफ्ना रचना सुनाउनेछन् । पेशाले शिक्षक गोर्खाका स्रष्टा रोदन पछिल्लो समय चर्चामा आएका गजलकार हुन् । “डाक्टर साब चामल बेचेर जँचाउन […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा

पोखरा, पौष ६ गते । नेपाल कम्युनिस्ट पार्टीमा चर्किएको विवादको कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद पनि धरापमा परेको छ । नेकपाका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री निटक नेता हुन् । नेकपा विभाजन निकट पुगेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको जानकारहरु बताउँछन् । गण्डकी प्रदेशमा कुल ६० सांसद रहेको जसमा […]

पुरा पढ्नुहोस् ...

पोखरा विमानस्थलको लागि रिठेपानी डाँडा काट्न वातावरणीय प्रभाव मूल्याङ्कन शुरु

पोखरा,मंसिर २९ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन शुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन ईआईए शुरु गरेको हो । वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ । अन्तर्राष्ट्रिय […]

पुरा पढ्नुहोस् ...

सारंगीले मलाई युरोपको नर्वेसम्म पुर्यायो…। सारंगीको मिठो धुन र गीत, बच्चाहरुको बेजोड प्रस्तुति ||

दिलिप सर यहाँलाई स्वागत छ । धन्यवाद गन्धर्व अनि सारंगीको सम्बन्ध कस्तो हो? अलिकति बताईदिनुहोस् न । गन्धर्व जाति सारंगी बिना बाच्न पनि सक्दैन, सारंगी गन्धर्व बिना बाँच्न पनि सक्दैन भने जस्तै छ, अनि विशेष गरेर पहिले परापुर्खाले सारंगी बजाएर आफ्नो जिविका चलाउँथे, आफ्नो कला गला देखाएर बाँच्नुहुन्थ्यो, त्यसै गरि सारंगी एक पुस्ता देखि अर्काे […]

पुरा पढ्नुहोस् ...

पोखरामा कोरोना संक्रमणबाट थप ३ जना मृत्यु

पोखरा, मंसिर २१ गते । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका २ जना र लमजुङका एक जना रहेका छन् । पोखरा–१७ छोरेपाटन निवासी ६६ वर्षीया महिलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । उनलाई मंसिर १५ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । […]

पुरा पढ्नुहोस् ...

निषेधाज्ञा तोडेको आरोपमा काँग्रेसका वरिष्ठ नेता पक्राउ, पोखरामा नेविसंघ सडकमा उत्रदै

पोखरा, मंसिर १७ गते । पुल उद्घाटनको विषयमा निषेधाज्ञा तोडेको आरोपमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट प्रहरीले पक्राउ गरेको छ।तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि अत्याधिक बल प्रयोग गरी पक्राउ गरेको विरोधमा साँझ ६ बजे नेपाल विद्यार्थी संघ कास्कीले पोखराको महेन्द्रपुलमा विरोध प्रदर्शन गर्ने भएको छ । यस […]

पुरा पढ्नुहोस् ...