निषेधाज्ञा तोडेको आरोपमा काँग्रेसका वरिष्ठ नेता पक्राउ, पोखरामा नेविसंघ सडकमा उत्रदै

मुख्य समाचार स्थानिय समाचार

पोखरा, मंसिर १७ गते । पुल उद्घाटनको विषयमा निषेधाज्ञा तोडेको आरोपमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट प्रहरीले पक्राउ गरेको छ।तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि अत्याधिक बल प्रयोग गरी पक्राउ गरेको विरोधमा साँझ ६ बजे नेपाल विद्यार्थी संघ कास्कीले पोखराको महेन्द्रपुलमा विरोध प्रदर्शन गर्ने भएको छ ।
यस विषयमा जानकारी दिँदै नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले केपी सरकारको राज्य आतंकविरुद्ध विद्यार्थी सडकमा उत्रने लागेको बताए । त्यस्तै, भोली तरुण दल कास्कीले पनि प्रदर्शन गर्ने केसीले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *