पोखरा, पुस २३, २०७९ । २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका संकटा क्लबले जितेकोछ । अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि पाहुना टोली भुटनिज युथ एससीअमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । तीन वर्षमा संकटाको यो दोस्रो आहा रारा पोखरा गोल्डकप उपाधि हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशीखेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाउअघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका हुन् । पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३५ औं मिनेटभित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएकाथिए । निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर त्यहि बल रिबाउन्डहुँदा सुरजले गोल गरेका हुन् । विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलकोकर्नरमा मेसुकेले गोल गरेका थिए । त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिजयुथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चकमोडमा लगेका थिए । सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६लाख रुपैयाँ प्राप्त गरेको छ। संकटा क्लबका कप्तान सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताकोसर्वोत्कृष्ट खेलाडी चुनिए भने, टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्टफरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्टरक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।
पुरा पढ्नुहोस् ...