चर्च बोइजले सर्वाधिक ६ पटकको आहा रारा गोल्डकप बिजेता नेपाल प्रहरीलाई हरायो
लाईट न्युज संवाददाता
पोखरा, १५ पौष २०७९ । पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपको दोस्रो खेलमा चर्च बोइज युनाईटेडले नेपाल पुलिस क्लबलाई २–१ गोलको अन्तरले हराएको छ । २२ औं संस्करणको आहा रारा गोल्डकपमा आफ्नो डेब्यु खेलमै चर्च ब्वाइज युनाइटेडले सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको छ उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गरेको छ ।
निकै नै प्रतिष्पर्धात्मक खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी पोस्टमा बल चुमाएका हुन । खेलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको चर्च बोइज युनाइटेडको तर्फबाट अन्जान बिष्टले १ गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको अन्त्यतिर पुलिस क्लबको गोल प्रहार रेफ्रिले अफसाइड दिए ।
नब्बे मिनेटसम्म खेल बराबरीमा भएपछि नतिजाको लागि खेल थप समयमा पुग्यो थप समयको ९९ औं मिनेटमा तेज तामाङको कर्नर बललाई अनन्त तामाङको हेडगोल नै निर्णायक गोल बन्न पुग्यो । नयाँ टोलि चर्च बोईज छोटो समयमा नै प्रगति गर्ने टोली हो जसमा नेपालका अति नै बलिया राष्ट्रिय खेलाडीहरु अनुबन्ध भएका छन ।
आहा रारा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग भेट हुनेछ । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अन्जन विष्ट खेलमा म्यान अफ दि म्याचको हकदार बने । भोली शनिबार शसस्त्र प्रहरी बल ‘एपीएफ क्लब’ र धरान फुटबल क्लब बीच हुने छ ।