स्याङ्जामा कोरोना संक्रमित सात पुग्यो
स्याङ्जा, १८ जेठ ।स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको गल्याङ् नगरपालिका १ मालुङ्गास्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेका छन् । दुवै जनालाई आईसोलेसनमा राखेर उपचार गर्ने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माल बिज्ञप्ती निकालेर जानकारी दिएका छन् ।
गल्याङमा पुष्टी भएका दुवै जना संक्रमित भारतबाट आएका हुन् । बिभिन्न साधन प्रयोग गर्दै सुनौलीसम्म आएका उनीहरु सुनौलीबाट भने बसमा गल्याङ सम्म आएका हुन् । जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समुहमा स्याङजामा आएको टोली मध्येका हुन् ।
दुवैजना संक्रमित यसअघि उनीहरु कै टोलीमा आएका वालिङका ३ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । गल्याङको ८ जनाको टोली आएको मा २ जनामा कोरोना देखिएको हो । थप दुई जनासँगै स्याङ्जामा एक महिला सहित कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।