हरियोखर्क अस्पतालले मनायो ७० औँ विश्व कुष्ठरोग दिवस

लाईट न्युज संवाददाता१५ माघ २०७९, पोखरा । आई.एन एफ.अन्तर्गतको हरियोखर्क अस्पताल पोखराले ७० औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । नेपालमा कुष्ठरोग उन्मुलनको क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएको अस्पतालले कुष्ठरोग दिवसको पुर्वसन्धयामा विभिन्न कार्यक्रमहरु गरी यस दिवसलाई सफलतापुर्वक मनाएको छ । आफ्नो स्थापना र नेपालमा सेवा पुर्याएको ७० औँ वर्षमा प्रवेश गरेको […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः नेपाल संक्रमण बढिरहँदा संक्रमणमुक्त हुने दर घट्यो

पोखरा, चैत्र २५ गते । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । चार हजार एकसय जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या […]

पुरा पढ्नुहोस् ...

फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोको एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् । लकडाउनमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने उनले बताए । उनले कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरेका छन् । मानिसहरुलाई उचित कारणविना घरबाट १० […]

पुरा पढ्नुहोस् ...

पोखराको आकाश तुवाँलोले ढाकेपछि दुई दिनदेखि हवाई उडान अवरुद्ध

पोखरा, चैत्र १५ । पोखराको आकासमा दुई दिनदेखि “वायु प्रदूषण” तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन । वायु प्रदूषणका कारण शुक्रबार दिउँसोदेखि पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन नसकेको हो । पोखराको […]

पुरा पढ्नुहोस् ...

आजको कोरोना अपडेटः थप ८९ जनामा संक्रमण

पोखरा, चैत्र १५ गते। पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा […]

पुरा पढ्नुहोस् ...

काठमाण्डौको वायु प्रदूषण: स्वास्थ्यका लागि खतरनाक, भिजिविलिटी कम

काठमाडौँ, चैत्र १३ । काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । हावाको प्रदूषण मापन सूचक एक्यूआई दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाण्डौका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका […]

पुरा पढ्नुहोस् ...

कोरोनाको कारणले विश्वभर मृत्यु हुनेको संख्या २७ लाख बढी नाघ्यो

पोखरा, चैत्र ६ गते । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २७ लाख बढी नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेहरुको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ । संयुक्त राज्य अमेरिका कोरोना भाइरसको कारणले विश्वमा सबैभन्दा बढी […]

पुरा पढ्नुहोस् ...

भारतमा पुनः लकडाउनको सम्भावना, विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै

एजेन्सी । भारतको विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै गएको कारणले केहि ठाउँमा पुनः लकडाउनको सम्भावना रहेको छ । भारतमा कोरोना भाइरसको महामारी एक पटक फेरी बढेको छ । गत मार्च १० अर्थात दुई दिनदेखि सक्रिय संक्रमितको संख्या बढ्दै गएर १ लाख ८० हजारभन्दा बढि भएको छ । यस्तो अवस्थाका कारण विशेषज्ञहरुले अहिले कोरोनाको दोस्रो […]

पुरा पढ्नुहोस् ...

चार लाख २९ हजारले लगाए कोरोना खोप, ९ जनामा गम्भिर असर

पोखरा, फागुन २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा चार लाख २९ हजारले कोभिड १९ विरुद्धको खोप लगाउँदा ९ जनामा गम्भीर असर देखिएको छ। स्वास्थ्य प्रा.डा जागेश्वर गौतमले शुक्रबार कोरोना अधावधिक विवरणको जानकारी दिँदै यस्तो बताएका हुन्। उनका अनुसार उनीहरूमा ए ई एफ आइको उच्च ज्वरो देखिएको थियो। एक हजार ९ सय ११ जनामा […]

पुरा पढ्नुहोस् ...

असल छिमेकी नेपालद्वारा सामुदायिक इकाइ भवन हस्तान्तरण

सिरानचोक, गोरखा असल छिमेकी नेपाल, पोखराले पोखरेली खीष्टिय समुदाय पोखरा, सिरानचोक गाउँपालिका गोरखा तथा विभिन्न दातृनिकायको समन्वय तथा आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका, वडा न. १, भिरसिङ्गमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न गरी स्थानीय निकाय तथा लाभग्राही समुदायलाई हस्तान्तरण गरेको छ । फागुन ७ गते आयोजित हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङ, […]

पुरा पढ्नुहोस् ...

इन्जेक्सनको विकल्पमा ट्याबलेट कोभिड खोपको लागि अनुसन्धान

एजेन्सी । इन्जेक्सनको प्रयोग हुँदै आएको कोरोना भाइरसविरुद्धको खोपमा अब ट्याबलेट समेत पाइने भएको छ । इन्जेक्सन लगाउन डराउनेहरूका लागि खोपमा इन्जेक्सनको सट्टा ट्याबलेट उपलब्ध गराउनेबारे वैज्ञानिकहरूले अनुसन्धान सुरू गरेका छन् । अक्सफोर्ड विश्विवद्यालयका वैज्ञानिकहरूले ‘इन्जेक्सन फ्रि’ खोपबारे अनुसन्धान सुरू गरेका हुन् । बेलायती सञ्चार माध्यम डेली मेलका अनुसार अक्सफोर्ड एस्ट्राजेनेका खोपको प्रमुख विकासकर्ता सारा […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

एजेन्सी, माघ २९ गते । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ […]

पुरा पढ्नुहोस् ...

थप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार […]

पुरा पढ्नुहोस् ...

चीनमा ८० जना ३ हजार नक्कली कोरोना खोपसहित पक्राउ

एजेन्सी । चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ। प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट ३ हजार नक्कली खोप बरामद पनि गरेको छ।न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको थियो।चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न […]

पुरा पढ्नुहोस् ...