चीनमा ८० जना ३ हजार नक्कली कोरोना खोपसहित पक्राउ
एजेन्सी । चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ। प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट ३ हजार नक्कली खोप बरामद पनि गरेको छ।न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको थियो।चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न देशमा खोप निर्यात पनि गरिरहेका छन्।