पोखरेली ख्रीष्टिय समुदायको अध्यक्षमा लाजरस हितैषी

लाईट न्युज संवाददातापोखरा, ७ असोज २०८० । समाजका दाजुभाईहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहर हुन्छ भन्ने मुल मर्म सहित सुरुवात भएको पोखरेली ख्रीष्टिय समुदायको २८ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भेलाले आगामी २ बर्षको लागि नयाँगाउँ चर्चका एल्डर रामप्रसाद शर्मा (लाजरस हितैषीलाई) पोखरेली ख्रीष्टिय समुदायको नयाँ अध्यक्षको रुपमा […]

पुरा पढ्नुहोस् ...

नयाँगाउँ चर्च कपः अन्तर चर्च प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता

लाईट न्युज सम्वाददातापोखरा, १५ भदौ २०८० । स्वास्थ्य र प्रतिस्पर्धा, अहमता त्यागी मित्रता भन्ने मुल नाराको साथ नयाँगाउँ चर्च जवान समितिले अन्तर चर्च प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।प्रतियोगितामा पुरुष डबल तर्फ नेपाल ख्रीष्टिय रामघाट चर्चका बिनोद बि.क र दिपेस पुनको जोडीले प्रथम उपाधी उचाल्दै नगद रु १४ हजार, ट्रफी, मेडल र प्रमाण […]

पुरा पढ्नुहोस् ...

मुस्ताङ कागबेनीः बाढीले एक अर्ब बराबरको क्षति

६ भाद्र २०८०, पोखरा । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले लगभग एक अर्ब बराबरको क्षति पुर्याएको विवरण सार्वजनिक गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय,प्रशासन र रेडक्रसको सहयोगमा क्षतिको विवरण संकलन गरेको पालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक संरचना,स्थानीयवासी,भाडामा व्यवसाय गरी […]

पुरा पढ्नुहोस् ...

मेनकाजी गुरुङको स्मृतिमा वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापालाई सम्मान

पोखरा, ३ भदौ २०८० । वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई पोखरामा हिमाली साँस्कृतिक परिवारले मेनकाजी गुरुङ स्मृति सम्मान पुरस्कार अर्पण गरेको छ। हिमाली साँस्कृतिक परिवारका संस्थापक एवम निवर्तमान अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक, सँस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट गुरुङको ६० औं जन्म जयन्तीको अवसरमा ९१ वर्षिय वरिष्ठ नृत्य निर्देशक थापालाई १ लाख ११ हजार १११ […]

पुरा पढ्नुहोस् ...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते

पोखरा, ३२ श्रावण २०८० । राष्ट्रिय परिक्षा बोर्डका अनुसार कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गतेका लागि तय भएको छ। पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्नु पर्नेछ ।पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ। दोस्रो दिन […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय युवा संगति: नृत्य प्रतियोगिता २०८०

पोखरा, २८ श्रावाण २०८० । पोखरेली ख्रीष्टिय युवा संगतिले वार्षिक योजना अनुसार जवानहरुको प्रतिभालाई प्रष्फुटन साथै उजागर गराउने उद्धेश्यले नृत्य प्रतियोगिता २०८० सम्पन्न गरेको छ । पोखरेली ख्रीष्टिय समुदायका १७ वटा चर्चको सहभागिता रहेको उक्त प्रतियोगितामा मारानाथा चर्च प्रथम, नदीपुर चर्च द्वितिय, बागबजार चर्च तृतीय र जागृति चर्चले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम […]

पुरा पढ्नुहोस् ...

कास्कीमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

साउन १३, २०८० पोखरा । कास्कीमा शनिबार अति भारी वर्षा मापन गरिएको छ । कास्कीको जुम्लेटी, पोखरा वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो स्थान भई बहने कालीखोलालगायत स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।“साउन १३, साँझ […]

पुरा पढ्नुहोस् ...

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा । असार ८, २०८० । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृतकमध्ये चार पुरुष र एक महिला छन्। शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँडाबारीको बीचमा दुर्घटनामा परेको जिल्ला प्रहरी कर्यालय गोरखाले जानकारी दिएको छ।प्रहरीका अनुसार दुर्घटनास्थल मनकामना मन्दिर नजिकै […]

पुरा पढ्नुहोस् ...

चेन्नईलाई आइपिएलको उपाधि, गील आइपिएलमा सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – चेन्नई सुपर किंग्सले आइपिएल २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । […]

पुरा पढ्नुहोस् ...

आज दिनभरको मौसम यस्तो छ

जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई/तीन दिन अझै लम्बिनेछ। “तीन/चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको […]

पुरा पढ्नुहोस् ...

बेकारी तथा बारिष्टा तालिम शुरु : प्याड बनाउने तालिम सम्पन्न

पोखरा, १२ बैशाख २०८० । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किङ्स इन्टरनेस्नल कलेजको प्राबिधिक सहयोगमा वडा १५ का युवाहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिष्टा तालिम शुरु भएको छ । वडाकै २ लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवाहरुलाई स्वरोजगारमुलक आय आर्जनमा मद्धत पु¥याउने विश्वास व्यक्त […]

पुरा पढ्नुहोस् ...

तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

पोखरा । १२ बैशाख २०८०  तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपालीकांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्तगर्नुभएको निर्वाचन आयोगले जनाएको छ । भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्तगर्नुभएको छ । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ। तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

पुरा पढ्नुहोस् ...

बागबजार चर्च कप सम्पन्नः मारानाथा विजयी

लाईट न्युज संवाददातापोखरा, १० बैशाख २०७९ । पहिलो बागबजार चर्च कप ईन्टर चर्च 7A साईड फुटबल प्रतियोगिता–२०८० को उपाधी मारानाथा चर्च कस्केरीले जितेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक बागबजार चर्च टिमलाई २–० गोलको अन्तरले हराउँदै मारानाथा बिजयी भएको हो । मारानाथाको जितको लागि राकेश राई र बिनय तामाङले समान १/१ गोल गरे । […]

पुरा पढ्नुहोस् ...

सुरु भयो प्रथम बागबजार चर्च कप

पोखरा, ६ बैशाख २०८० । पोखराका चर्चहरु भित्र रहेका फुटबल खेल प्रतिभालाई उजागर गर्ने तथा युवाहरुबीच एक आपसमा भाइचारा तथा एकतालाई अझै उजागर पार्ने उद्धेश्य सहित स्व.पाष्टर हरि बहादुर थापा र स्व.पाष्टर बसन्त थापाको सम्झनामा बाग बजार स्पोर्टस फेलोसिपको आयोजनामा पहिलो बागबजार चर्च कप ईन्टर चर्च 7 A साईड फुटबल प्रतियोगिता– २०८० को सुरुवात भएको […]

पुरा पढ्नुहोस् ...