बेकारी तथा बारिष्टा तालिम शुरु : प्याड बनाउने तालिम सम्पन्न
पोखरा, १२ बैशाख २०८० । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किङ्स इन्टरनेस्नल कलेजको प्राबिधिक सहयोगमा वडा १५ का युवाहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिष्टा तालिम शुरु भएको छ । वडाकै २ लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवाहरुलाई स्वरोजगारमुलक आय आर्जनमा मद्धत पु¥याउने विश्वास व्यक्त गरे । युवाहरुलाई उद्यमशिलतासंग जोड्दै व्यवसायिक बनाउन यस्तो तालिमको खाँचो रहने उनले बताए । १ महिने बेकरी तथा १५ दिने बरिष्टा तालिममा वडा भित्रका २५ जना युवायुवतीहरुको सहभागिता रहेको छ ।
यसैविच पोखरा महानगरपालिका वडा नम्बर १५ द्वारा आयोजित महिलाहरुका लागि घरेलु सेनिटरी प्याड बनाउने तीन दिने तालिम सम्पन्न भएको छ । तालिमका सहभागिहरुलाई वडाध्यक्ष तोरणाबहादुर बानियाँले एक समारोहका विच प्रमाण–पत्र वितरण गरे । सो अवसरमा उनले महिलाहरुको सशक्तिकरण, शिप विकास तथा क्षमता अभिबृद्धी गर्ने उद्येश्यले वडाले कार्यक्रम आयोजना गरेको बताए ।
समापन समारोहमा तालिमका प्रशिक्षक सरस्वती अधिकारी, तालिम संयोजक वडा सदस्य मन्दिरा परियार, वडा सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ्ग लगायतले तालिमको महत्वबारे प्रकास पार्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सके यसले महिला स्वास्थ्यमा सहयोग गर्ने औैल्याएका थिए ।