मुस्ताङ कागबेनीः बाढीले एक अर्ब बराबरको क्षति

६ भाद्र २०८०, पोखरा । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले लगभग एक अर्ब बराबरको क्षति पुर्याएको विवरण सार्वजनिक गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय,प्रशासन र रेडक्रसको सहयोगमा क्षतिको विवरण संकलन गरेको पालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक संरचना,स्थानीयवासी,भाडामा व्यवसाय गरी […]

पुरा पढ्नुहोस् ...

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा । असार ८, २०८० । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृतकमध्ये चार पुरुष र एक महिला छन्। शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँडाबारीको बीचमा दुर्घटनामा परेको जिल्ला प्रहरी कर्यालय गोरखाले जानकारी दिएको छ।प्रहरीका अनुसार दुर्घटनास्थल मनकामना मन्दिर नजिकै […]

पुरा पढ्नुहोस् ...

आज दिनभरको मौसम यस्तो छ

जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई/तीन दिन अझै लम्बिनेछ। “तीन/चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको […]

पुरा पढ्नुहोस् ...

आजदेखि एसईई शुरू

यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईई आजदेखि शुरु भएको छ । परिक्षा बिहान ८ बजेदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्ष सामुदायिक र संस्थागत गरी १२ हजार ८३ ओटा विद्यालय गरी चार लाख ८५ हजार ३८६ जना विद्यार्थीले एसईई दिँदैछन । जस मध्य छात्रा दुई लाख ४२ हजार ७९२ र छात्र […]

पुरा पढ्नुहोस् ...

२०८० सालमा हुने बिदाको सूची सार्वजनिक, ‘सूचीसहित’

काठमाडौँ, चैत्र २ । सरकारले २०८० सालभर हुने बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा हुने सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय निर्धारण भएको निर्णयसहितको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।

पुरा पढ्नुहोस् ...

ग्रामी अवार्ड–२०२३ः म्याभरिक सिटीलाई चारवटा ख्रीष्टियान विधाका अवार्ड

एजेन्सी । सांगितिक क्षेत्रमा विश्वमा दिईने सबैभन्दा उत्कृष्ट अवार्ड मध्ये ग्रामी अवार्ड सबैभन्दा महत्वपुर्ण अवार्ड हो । संसारका उत्कृष्ट एकल तथा सामुहिक गीतहरु, ब्यान्ड, नयाँ प्रवेशी गायक, गीतलेखन, म्युजिक भिडियो तथा विभिन्न विधामा यो अवार्ड प्रदान गरिन्छ । ग्रामी अवार्ड पाउने र दिइनेमा ख्रीष्टियान गीत संगितलाई पनि समावेश गरिएको छ । जसमा ख्रीष्टियान गीतका लागि […]

पुरा पढ्नुहोस् ...

मन्त्रीपरिषद् विस्तार, नयाँ मन्त्रीहरुले लिए सपथ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मंगलबार विस्तार भएका मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा राप्रप्रा अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधासहित ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन् ।   यस्तै, माओवादी […]

पुरा पढ्नुहोस् ...

फुटबलका जादूगर पेले रहेनन्

साओ पाउलो– ब्राजिललाई तीन पटक विश्वकप फुटबलको उपाधि दिलाउने विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनका सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेकाछन् । पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट पीडित थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरकोट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी केलीलेआफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् । चारपटक विश्वकप खेलेका पेलेले आफ्नो खेल जीवनमा विश्व कीर्तिमानी १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् । पेले आफ्नो देशका लागि तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकपजितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो । उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्तगरेका छन् ।

पुरा पढ्नुहोस् ...

आज येशू ख्रीष्टको जन्मोत्सवः ख्रीष्टमस

पोखरा, १० पौष २०७९ । आज पुष १० अर्थात डिसेम्बर २५ येशू ख्रीष्टको जन्मोत्सवको रुपमा संसारका मानिसहरुले उत्सव मनाइरहेका छन । नेपालमा पनि विगतका केहि वर्षयता चर्चहरुकोसंख्या बढेसँगै नेपालभरीका विभिन्न चर्चहरुले महिनौभरी थुप्रै कार्यक्रमगरी शुभकामना आदनप्रदान गर्दै ख्रीष्टमस मनाउँदै आइरहेका छन । ख्रीष्टमसको पुर्वसन्ध्यामा विभिन्न चर्चहरुले नाचगान गर्दै, गाउँदै क्यारोल कार्यक्रम गर्दै आइरहेका छन । […]

पुरा पढ्नुहोस् ...

अर्जेन्टिना र फ्रान्स आइतबार विश्वकपको उपाधिका लागि भिड्ने

एजेन्सी । २९ मंसिर २०७९ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गरेपछि फ्रान्स उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने टुंगो लागेको हो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल भएको […]

पुरा पढ्नुहोस् ...

स्विटजरल्यान्डलाई जित्दै ब्राजिल नकआउट चरणमा पुग्ने दोस्रो टोली

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिलले सोमबार स्विटजरल्यान्ड १–०ले हराउँदै नकआउट चरणमा पगेको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका थिए । ब्राजिलले सोमबार दोस्रो खेलमा […]

पुरा पढ्नुहोस् ...

मेस्सीको उत्कृष्ट प्रर्दशनमा अर्जेन्टिनाले जित्नैपर्ने खेल जित्योः यस्तो छ अगाडी बढ्ने समिकरण

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा हिजो राति मेक्सिको विरुद्धको खेलमा अर्जेन्टिना २–० गोलको अन्तरले विजयी भयो । पहिलो हाफ निकै दवाबमा खेलेका दुवै टिम गोलरहित बराबरी भए । दोस्रो हाफको ६४औँ मिनेटमा मेस्सिले पहिलो गोल गरे । खेलमा मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि सहज रुपमा खेलेको अर्जेन्टिनाको गोललाई बेन्जो फर्नान्डेको गोलले ८७ […]

पुरा पढ्नुहोस् ...

विना मगरलाई ५५४६ मतले हाउँदै कन्चनपुर १ बाट तारा लामा विजयी

निर्वाचन अधिकृतले सार्वजनिक गरेको मत परिणाम अनुसार कन्चनपुर क्षेत्र नं १ बाट एमालेका तारा लामा तामाङ वजयी भएका छन । उनले ५५४६ मतका अन्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गरेका हुन ।तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा विना मगरले १९ हजार तीन सय ४६ मत प्राप्त गरिन । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार […]

पुरा पढ्नुहोस् ...

कास्कीमा शान्तिपुर्वक मतदान सकियो, ५८ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

२०७९ मंसिर ४ गतेपोखरा । कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले शौहार्द पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाएका छन । कास्कीमा उत्साह […]

पुरा पढ्नुहोस् ...