गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

मुख्य समाचार समाचार

गोरखा । असार ८, २०८० । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृतकमध्ये चार पुरुष र एक महिला छन्। शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँडाबारीको बीचमा दुर्घटनामा परेको जिल्ला प्रहरी कर्यालय गोरखाले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थल मनकामना मन्दिर नजिकै पर्छ। बिहीबार बेहुलीको घरमा टिकोटालो गरेपछि फर्किँदै गरेको जित राति दुर्घटनामा परेको हो।
शहीद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले अहिलेसम्म ५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको जानकारी दिए। उनका अनुसार १२ जना घाइते भएका छन्। अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन्। २ जनाको शकुसल उद्धार गरिएको छ। जीप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ।

घाइतेहरुलाई उपचारका लागि तनहुँको खैरेनी पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *