पोखरेली ख्रीष्टिय समुदायको अध्यक्षमा लाजरस हितैषी
लाईट न्युज संवाददाता
पोखरा, ७ असोज २०८० । समाजका दाजुभाईहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहर हुन्छ भन्ने मुल मर्म सहित सुरुवात भएको पोखरेली ख्रीष्टिय समुदायको २८ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भेलाले आगामी २ बर्षको लागि नयाँगाउँ चर्चका एल्डर रामप्रसाद शर्मा (लाजरस हितैषीलाई) पोखरेली ख्रीष्टिय समुदायको नयाँ अध्यक्षको रुपमा चयन गरेको छ । साथै कार्यकारिणी समितिमा निम्न पदाधिकारीहरु चयन हुनुभएको छ ।
१.अध्यक्ष : एल्डर रामप्रसाद शर्मा (लाजरस हितैषी)
२.उपाध्यक्ष : पा.कालु तामाङ
३.महासचिव : पा. सन्जिप थापा मगर
४.सचिव : पा.सन्तोष बराल
५.सह सचिव : पा.भोजबहादुर गुरुङ (काजी)
६.कोषाध्यक्ष : पा.राम कुमार श्रेष्ठ
७.सह–कोषध्यक्ष : एल्डर जीवन ठकुरी
८.सदस्य : पा.होम तामाङ
९.सदस्य : पा.प्रेम तामाङ
१०.सदस्य : ए. लुका थापा
११.सदस्य : पा.दानिएल गुरुङ
१३.सदस्य : पा.मैते तामाङ
१३.सदस्य : ए.प्रमोद मुल्मी
१४.पदेन सदस्य : बिष्णु कुमारी गुरुङ (मार्था) (पोखरेली दिदीबहिनी प्रार्थना संगति)
१५.पदेन सदस्य : दुर्गा गुरुङ (पोखरेली दिदीबहिनी प्रार्थना संगति)
१६.पदेन सदस्य : सुबास मसिही (पोखरेली ख्रीष्टिय युवा संगति)
१७.पदेन सदस्य : भरत बहादुर गुरुङ (असल छिमेकी नेपाल)
१८.पदेन सदस्य : राजेन्द्र कुमार अधिकारी (असल छिमेकी नेपाल)
उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/२०८०को वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । लामाचौर चर्चका एल्डर के.बि (भक्त) थापाले उपस्थित सबैलाई धर्मशाष्त्र बाइबलबाट वचन वाड्दै सबैलाई एकतामा अझै अगाडि बढ्न, असल सामरीझै समाजमा असल सेवा गर्नुपर्छ भनेर उत्साहित पार्नुभएको थियो । सर्वसम्मतबाट चयन हुनुभएका सदस्यहरुलाई प्रतिवद्धता गराउँदै ओहदाको प्रमाणपत्र समेत प्रदान गरियोे साथै निवर्तमान समितिलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।
नव निर्वाचित अध्यक्ष ए.रामप्रसाद शर्माले पोखरेली ख्रीष्टिय समुदायजस्तो ऐतिहासिक समुदायको अध्यक्ष हुन पाउनु गौरव र परमेश्वरको अनुग्रहको कुरा भएको साथै आफ्नो काँधमा अब ठूलो जिम्मेवारी आएको भन्नुभयो साथै समुदाय सबैको भएकोले सबैजना एक भएर, एक अर्कालाई साथ दिँदै अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमको सन्चालन मारानाथा चर्चका पाष्टर तथा निवर्तमान महासचिव कालु तामाङले गर्नुभएको थियो ।
पोखरेली ख्रीष्टिय समुदाय नेपालकै नमुना समुदाय हो । नेपालकै पहिलो चर्च स्थापना भएको ठाउँबाट सुरुभएको यो एकता ऐतिहासिक र उदाहरणीय छ । यसले समाजमा गरिरहेको कार्य अनुकरणीय र प्रशंसायोग्य छ ।