नयाँगाउँ चर्च कपः अन्तर चर्च प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता

लाईट न्युज सम्वाददातापोखरा, १५ भदौ २०८० । स्वास्थ्य र प्रतिस्पर्धा, अहमता त्यागी मित्रता भन्ने मुल नाराको साथ नयाँगाउँ चर्च जवान समितिले अन्तर चर्च प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।प्रतियोगितामा पुरुष डबल तर्फ नेपाल ख्रीष्टिय रामघाट चर्चका बिनोद बि.क र दिपेस पुनको जोडीले प्रथम उपाधी उचाल्दै नगद रु १४ हजार, ट्रफी, मेडल र प्रमाण […]

पुरा पढ्नुहोस् ...

चेन्नईलाई आइपिएलको उपाधि, गील आइपिएलमा सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – चेन्नई सुपर किंग्सले आइपिएल २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ ।जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । […]

पुरा पढ्नुहोस् ...

बागबजार चर्च कप सम्पन्नः मारानाथा विजयी

लाईट न्युज संवाददातापोखरा, १० बैशाख २०७९ । पहिलो बागबजार चर्च कप ईन्टर चर्च 7A साईड फुटबल प्रतियोगिता–२०८० को उपाधी मारानाथा चर्च कस्केरीले जितेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक बागबजार चर्च टिमलाई २–० गोलको अन्तरले हराउँदै मारानाथा बिजयी भएको हो । मारानाथाको जितको लागि राकेश राई र बिनय तामाङले समान १/१ गोल गरे । […]

पुरा पढ्नुहोस् ...

सुरु भयो प्रथम बागबजार चर्च कप

पोखरा, ६ बैशाख २०८० । पोखराका चर्चहरु भित्र रहेका फुटबल खेल प्रतिभालाई उजागर गर्ने तथा युवाहरुबीच एक आपसमा भाइचारा तथा एकतालाई अझै उजागर पार्ने उद्धेश्य सहित स्व.पाष्टर हरि बहादुर थापा र स्व.पाष्टर बसन्त थापाको सम्झनामा बाग बजार स्पोर्टस फेलोसिपको आयोजनामा पहिलो बागबजार चर्च कप ईन्टर चर्च 7 A साईड फुटबल प्रतियोगिता– २०८० को सुरुवात भएको […]

पुरा पढ्नुहोस् ...

आजदेखि आईपीएलः उद्घाटन खेलमा गुजरात र चेन्नई खेल्दै

पोखरा । इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार पटकको विजेता टोली हो […]

पुरा पढ्नुहोस् ...

संकटालाई आहा रारा गोल्डकप, कसले के उपाधि प्राप्त गरे?

पोखरा, पुस २३, २०७९ । २२ औं  आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका संकटा क्लबले जितेकोछ । अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि पाहुना टोली भुटनिज युथ एससीअमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । तीन वर्षमा संकटाको यो दोस्रो आहा रारा पोखरा गोल्डकप उपाधि हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशीखेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाउअघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका हुन् । पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३५ औं मिनेटभित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएकाथिए । निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर त्यहि बल रिबाउन्डहुँदा सुरजले गोल गरेका हुन् । विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलकोकर्नरमा मेसुकेले गोल गरेका थिए । त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिजयुथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चकमोडमा लगेका थिए ।   सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६लाख रुपैयाँ प्राप्त गरेको छ। संकटा क्लबका कप्तान सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताकोसर्वोत्कृष्ट खेलाडी चुनिए भने, टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्टफरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्टरक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।

पुरा पढ्नुहोस् ...

चर्च बोइजले सर्वाधिक ६ पटकको आहा रारा गोल्डकप बिजेता नेपाल प्रहरीलाई हरायो

लाईट न्युज संवाददातापोखरा, १५ पौष २०७९ । पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपको दोस्रो खेलमा चर्च बोइज युनाईटेडले नेपाल पुलिस क्लबलाई २–१ गोलको अन्तरले हराएको छ । २२ औं संस्करणको आहा रारा गोल्डकपमा आफ्नो डेब्यु खेलमै चर्च ब्वाइज युनाइटेडले सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको छ उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब गोल्डकपको […]

पुरा पढ्नुहोस् ...

फुटबलका जादूगर पेले रहेनन्

साओ पाउलो– ब्राजिललाई तीन पटक विश्वकप फुटबलको उपाधि दिलाउने विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनका सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेकाछन् । पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट पीडित थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरकोट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी केलीलेआफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् । चारपटक विश्वकप खेलेका पेलेले आफ्नो खेल जीवनमा विश्व कीर्तिमानी १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् । पेले आफ्नो देशका लागि तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकपजितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो । उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्तगरेका छन् ।

पुरा पढ्नुहोस् ...

मारानाथाको प्रि-ख्रीष्टमस स्पोर्टस फेस्टिबल

लाईट न्यूज संवाददाता२९ मंसिर २०७९ । येशू ख्रीष्टको जन्मोत्सव अर्थात ख्रीष्टमसको पुर्वसन्ध्यामा मारानाथा स्पोट्स मिनिष्ट्रिले खेलकुद कार्यक्रमको आयोजना गरेको छ । कस्केरी स्थित खेलमैदानमा आयोजित अन्तर चर्च खेलकुद प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल साथै एथलेटिक्स तर्फ सट पुट, लङ्ग जम्प, टग अफ वार, १०० मिटर, ४०० मिटर र ८०० मिटर दौड लगायतका खेलहरु समाबेस गरिएको […]

पुरा पढ्नुहोस् ...

अर्जेन्टिना र फ्रान्स आइतबार विश्वकपको उपाधिका लागि भिड्ने

एजेन्सी । २९ मंसिर २०७९ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गरेपछि फ्रान्स उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने टुंगो लागेको हो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल भएको […]

पुरा पढ्नुहोस् ...

क्रोएसिया र अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, दुवै खेलका नायक गोलकिपर

एजेन्सी । कतारमा जारी विश्वकप २०२२मा हिजो भएको क्वाटर फाइनल खेलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनल चरणमा प्रवेश गरेका छन । दुवै टिमलाई नतिजासम्म पुग्न पेनाल्टी सुटआउटले साथ दियो र खेलमा दुवै टिमका गोलरक्षकको उत्कृष्ट प्रदर्शनी रहेको थियो । क्रोएसियाले ब्राजिललाई ४–२ गोलको अन्तरले हरायो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलको अन्तरले हराएको छ । खेलको फुल […]

पुरा पढ्नुहोस् ...

स्विटजरल्यान्डको पोष्टमा पोर्चुगलको आधा दर्जन गोल

सुबास बि.कमंसिर २१, २०७९ । फिफा विश्वकप २०२२ अन्तर्गतको राउन्ड अफ १६को अन्तिम खेलमा पोर्चुगलले स्विटजरल्यान्ड ६–१ गोलले हराएको छ । स्टार खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डोबिना पहिलो हाफ खेलेको पोर्चुगलका लागि पेपे, राफेल गुरेरो, राफल लिएओले समान १/१ गोल गरे भने क्रिस्टियानो रोनाल्डोको अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोन्क्यालो रामोसले ३ गोल गर्दै […]

पुरा पढ्नुहोस् ...

अर्जेन्टिना र नेदरल्यान्ड्स क्वार्टरफाइनलमा, मेस्सीको हजारौँ खेल

एजेन्सी । जारी विश्वकप २०२२ अन्तर्गतको पहिलो र दोस्रो क्वार्टरफाइनल खेल भएको छ । नकआउट खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलको अन्तरले हरायो भने अर्कोतिर अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोलको अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । मेम्फिस डिपाएसँगै विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले नेदरल्यान्ड्सको जितमा १/१ गोल गरे । नेदरल्यान्ड्सले काउन्टर अट्याकमा अग्रता लिएर […]

पुरा पढ्नुहोस् ...

स्विटजरल्यान्डलाई जित्दै ब्राजिल नकआउट चरणमा पुग्ने दोस्रो टोली

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिलले सोमबार स्विटजरल्यान्ड १–०ले हराउँदै नकआउट चरणमा पगेको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका थिए । ब्राजिलले सोमबार दोस्रो खेलमा […]

पुरा पढ्नुहोस् ...