मारानाथाको प्रि-ख्रीष्टमस स्पोर्टस फेस्टिबल

खेलकुद मुख्य समाचार स्थानिय समाचार

लाईट न्यूज संवाददाता
२९ मंसिर २०७९ । येशू ख्रीष्टको जन्मोत्सव अर्थात ख्रीष्टमसको पुर्वसन्ध्यामा मारानाथा स्पोट्स मिनिष्ट्रिले खेलकुद कार्यक्रमको आयोजना गरेको छ । कस्केरी स्थित खेलमैदानमा आयोजित अन्तर चर्च खेलकुद प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल साथै एथलेटिक्स तर्फ सट पुट, लङ्ग जम्प, टग अफ वार, १०० मिटर, ४०० मिटर र ८०० मिटर दौड लगायतका खेलहरु समाबेस गरिएको थियो । पुरुष फुटबल खेलतर्फ २३ वटा टोलीले भाग लिएकोमा पुरुष फुटबलतर्फ मारानाथा “ए” प्रथम र मारानाथा “बि” टिम रनरअप भएको थियो । विजयी प्रथम पुरुष फुटबल टोलीलै नगद रु ६० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेताले नगद ३० हजार, ट्रफी र मेडल पायो । त्यसैगरी महिला फुटबल तर्फ नेपाल बेथेस्दा चर्च पोखराको टिम प्रथम, मधुपुरी चर्च चितवन द्वितिय भएको थियो । वजयी प्रथम टिमले नगद रु १२ हजार र उपविजेताले नगद रु ६ हजार ट्रफी र मेडल प्राप्त गरे । फुटबल खेलमा पुरुषतर्फको खेलमा बेस्ट प्लेयर सिमोन तामाङ र महिला तर्फ सलिना सरु बेस्ट प्लेयर घोषित भए भने बेस्ट डिफेन्स आइता तामाङ, बेस्ट किपर बिश्वास पौडेल, बेस्ट मिडफिल्डर नबिन तामाङ, हाई स्कोर प्रेम छन्त्याल, बेस्ट स्ट्राइकरको उपाधी बिनय तामाङले प्राप्त गरे ।


त्यसैगरी एथलेटिक्सतर्फ १०० मि दौड मारानाथा चर्चका नबिन तामाङले जिते, ४०० मि र ८०० मि दौडमा लामाचौर चर्चका क्लिन्टन कँडेल प्रथम भए । सटपुट खेलतर्फ प्रगति अपोस्टलिक चर्चका दानियल गुरुङ प्रथम भ एभने लङ जम्पमा मारानाथा चर्चकै नबिन तामाङ प्रथम भए । त्यसैगरी महिलातर्फ १०० मि दौड कबिता सुनार प्रथम, ४०० मि दौडमा संगतिा सुनार प्रथम, ८०० मि दौडमा शलिना शरु मगर प्रथम, सट पुटमा कबिता बि.क प्रथम लङ जम्पमा रिमा सापकोटा विजयी भइन । खेलले युवाहरुमाझ नयाँ जोश र जाँगर थपेको कार्यक्रमका संयोजक लुकास तामाङले बताउनुभयो ।


खेलको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पोखरा– १का अध्यक्ष साहरा प्रधान, पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत विभिन्न चर्चका पाष्टर अगुवाहरु, खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *