स्विटजरल्यान्डको पोष्टमा पोर्चुगलको आधा दर्जन गोल

खेलकुद मुख्य समाचार


सुबास बि.क
मंसिर २१, २०७९ । फिफा विश्वकप २०२२ अन्तर्गतको राउन्ड अफ १६को अन्तिम खेलमा पोर्चुगलले स्विटजरल्यान्ड ६–१ गोलले हराएको छ । स्टार खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डोबिना पहिलो हाफ खेलेको पोर्चुगलका लागि पेपे, राफेल गुरेरो, राफल लिएओले समान १/१ गोल गरे भने क्रिस्टियानो रोनाल्डोको अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोन्क्यालो रामोसले ३ गोल गर्दै ह्याट्रिक पनि पुरा गरे ।

पोर्चुगलले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल गरेको थियो । खेलको ५८औँ मिनेटमा स्विटजरल्यान्डका म्यानुयल आकान्जीले १ गोल गरेतापनि टिम खेलमा फर्कन सकेन ।
अब पोर्चुगल स्पेनलाई पेनाल्टीमा ३–० गोलले हराएको मोरक्को सँग क्वाटर फाइनलमा खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *