लकडाउनकै बीच खुला सीमाबाट नेपाल आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

नेपाल मुख्य समाचार स्वास्थ्य

बुटवल । हालैमा पत्ता लागेका रुपन्देहीका कोरोना संक्रमित भारतको मुम्बईबाट नेपाल आएको पुष्टि भएको छ । उनीहरु लकडाउनको समयमा चारदिन अघि वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएका हुन । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ विजुवाका १६ र २२ वर्षउनीहरु लुकीछिपी नेपाल आएपछि स्थानियले गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।
दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
उनीहरूको यात्रा विवरण र सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न आज “शुक्रबार” देखि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी प्राप्त भएको छ । दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *