मालदिभ्सले उचाल्यो साफ कपको उपाधि

खेलकुद मुख्य समाचार

बंगलादेशमा सम्पन्न १२ औं संस्करणको दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप “साफ सुजुकी कप” को उपाधि माल्दिभ्सले जितेको छ । बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा ६ पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भारतले फाइनलमा सोँचे जस्तो प्रदर्शन भने गर्न सकेन । सुरुदेखि नै आक्रामक खेल खेलेको माल्दिभ्सले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गरेको थियो । १९ औं मिनेटमा माल्दिभ्सका लागि इब्राहिम मुहिद्दिन हसनले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । उनले नजिज हसनको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको माल्दिभ्सले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

भने अन्तिम समयमा १ गोल भारतले गरेको थियो । ६६ औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सलाई साफ च्याम्पियनसिपको उपाधि नजिक र्पुयाएका थिए । माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो । त्यसपछिको २००९ को फाइनलमा माल्दिभ्स भारतसँग अतिरिक्त समयमा ३–१ ले पराजित भएको थियो । कमजोर सुरुवात गरेको माल्दिभ्स भाग्यको सहारामा सेमिफाइनल पुगेको थियो । खेलको ९१औं मिनेटमा भारतका सुमित पासीले गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि कुनै गोल नभएपछि माल्दिभ्सले पहिलो उपाधि जितेको १० बर्ष पछि दोस्रो उपाधि हात पार्न सफल भयो । माल्दिभ्सले यसअघि यसअघि सन् २००८ मा पहिलो उपाधि जितेको थियो । भारत सात पटकको विजेता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *