![](https://lightnews.com.np/wp-content/uploads/2020/05/Imj-Bheri.jpg)
नेपालगञ्जमा थप एकजनामा संक्रमण, कुल १०२ पुग्यो
काठमाडौं । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।