थप सातमा कोरोना संक्रमण पुष्टिसँगै कुल संख्या १०९ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

काठमाडौं। पछिल्लो कोरोना परीक्षणमा उदयपुरका ३ जना, कपिलबस्तुका ३ र पर्साका १ गरी सात जनामा कोराना पोजिटिभ पाइएको छ । जसअनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *