नारायणी अस्पतालबाट कोरोना निको भएर ९ जना घर फर्के
पोखरा, जेठ १० । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना भाइरसबाट निको भएर ९ जना शनिबार डिस्चार्ज भएका छन् । उक्त अस्पतालमा ७१ जना संक्रमितहरु उपचार गराईरहेका थिए भने ९ जना निको भएर घर फर्केका छन । डाक्टरको भनाई अनुसार उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
डिस्चार्ज हुनेहरुमा पर्साका ३ जना, रौतहटका ३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् । शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अन्य २५ जना संक्रमित भने गण्डक कोभिड अस्पतालमा उपचाररत छन्