च्याम्पियन्स लिगमा सिटी र पोर्टोको बराबरी, लिभरपुलले आयाक्सलाई हरायो

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । पोर्चुगलको पोर्टोले च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग बराबरी खेल्दै अंक बाँडेको छ।
दुई खेलअघि नै दुवै टिम अन्तिम १६ मा प्रवेश गरिसकेका क्लब हुन्। आफ्नो घरेलु मैदानमा पोर्टोले सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो। सिटीविरुद्ध पोर्टोले पूरै खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो। १८ पटक पोर्टोको पोष्टमा प्रहार गर्दा पनि सिटीले गोल गर्न भने सकेन। सुरुवाती समयदेखि आफ्नो नियन्त्रणमा राखे पनि सिटीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमै चित्त बुझाउनु परेको हो। यसअघि पहिलो खेलमा भने पोर्टोले सिटीसँग ३–१ गोलको हार ब्यहोरेको थियो।
मंगलबार राति नै समूह ‘सी’ कै अर्को खेलमा मार्सेलीले ओलम्पियाकोसलाई २–१ गोलअन्तरले पराजित गरेको छ। तर यी दुवै टिम समूह चरणबाट दुई खेल बाँकी छँदै बाहिरिसकेका क्लबहरु हुन्।
त्यसैगरी च्याम्पियन्स लिगका अन्य खेलहरुमा लिभरपुलले आयाक्सलाई १–० गोलले हराएको छ । साथै शाख्तरले रियल म्याड्रिडलाई २–० ले, इन्टर मिलानले मोन्चेनग्लाडब्याचलाई ३–२ गोलले, मार्सेलीले ओलम्पियाकोसलाई २–१ गोलले हराएको छ भने बार्यन म्युनिख र एट्लेटिको म्याड्रिड १/१ गोलको बराबरीमा खेले र एटलान्टा र मिड्जील्यान्ड पनि १/१को बराबरीमा खेलेका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *