मन्त्रीपरिषद् विस्तार, नयाँ मन्त्रीहरुले लिए सपथ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मंगलबार विस्तार भएका मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा राप्रप्रा अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधासहित ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन् ।   यस्तै, माओवादी […]

पुरा पढ्नुहोस् ...

आज येशू ख्रीष्टको जन्मोत्सवः ख्रीष्टमस

पोखरा, १० पौष २०७९ । आज पुष १० अर्थात डिसेम्बर २५ येशू ख्रीष्टको जन्मोत्सवको रुपमा संसारका मानिसहरुले उत्सव मनाइरहेका छन । नेपालमा पनि विगतका केहि वर्षयता चर्चहरुकोसंख्या बढेसँगै नेपालभरीका विभिन्न चर्चहरुले महिनौभरी थुप्रै कार्यक्रमगरी शुभकामना आदनप्रदान गर्दै ख्रीष्टमस मनाउँदै आइरहेका छन । ख्रीष्टमसको पुर्वसन्ध्यामा विभिन्न चर्चहरुले नाचगान गर्दै, गाउँदै क्यारोल कार्यक्रम गर्दै आइरहेका छन । […]

पुरा पढ्नुहोस् ...

विना मगरलाई ५५४६ मतले हाउँदै कन्चनपुर १ बाट तारा लामा विजयी

निर्वाचन अधिकृतले सार्वजनिक गरेको मत परिणाम अनुसार कन्चनपुर क्षेत्र नं १ बाट एमालेका तारा लामा तामाङ वजयी भएका छन । उनले ५५४६ मतका अन्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गरेका हुन ।तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा विना मगरले १९ हजार तीन सय ४६ मत प्राप्त गरिन । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार […]

पुरा पढ्नुहोस् ...

कास्कीमा शान्तिपुर्वक मतदान सकियो, ५८ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

२०७९ मंसिर ४ गतेपोखरा । कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले शौहार्द पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाएका छन । कास्कीमा उत्साह […]

पुरा पढ्नुहोस् ...

पि.सी.सी– ए सि एनको सामुदायिक सेवा (मिसन) केन्द्र भवन शिलान्यास

पोखरा, १ मंसिर २०७९ । पोखरेली ख्रीष्टिय समुदाय र यस अन्तर्गतको सामाजिक कार्य गर्ने संस्था असल छिमेकी नेपालको मिशन केन्द्र भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नेपालमा चर्च इतिहासको ७० औँ वर्ष र ए सि एनको २० औँ सेवाको वर्षको अवसरमा पोखरा–११, फुलबारी स्थित भवन निर्माण स्थलमा पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत चर्च पाष्टर अगुवाजन, […]

पुरा पढ्नुहोस् ...

सुदुरपश्चिममा अझै रोकिएन भुकम्पको धक्का, बझाङ केन्द्रविन्दु भएर फेरि ५.४ रेक्टरको भूकम्प

पोखरा। सुदूरपश्चिम प्रदेशमा केहिदिन यता भूकम्पको धक्का महसुस भएको छ । शनिबार राती ८ बजेर १२ मिनेट जादा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको पाटादेवल केन्द्र विन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको धक्का दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली […]

पुरा पढ्नुहोस् ...

आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने

वैशाख १२ । स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ।आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता […]

पुरा पढ्नुहोस् ...

पेट्रोल लिटरकै १ सय ६० रुपैयाँ, ग्यासको मूल्य १६००

बुधबार, चैत्र २३, २०७८ . नेपाल आयल निगमले मंगलबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सरकारले मंगलबार मध्यराति नै इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो । वृद्धि भएको नयाँ मूल्य सूचीअनुसार अब आम उपभोक्ताले पेट्रोलका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ […]

पुरा पढ्नुहोस् ...

निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राले निःशुल्क पाउने सेनेटरी प्याड केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। मन्त्रालयले स्थानीय तहले बाँड्ने प्याड गुणस्तरहीन भएको आरोप लगाउँदै केन्द्रबाटै दिन चलखेल शुरू गरेको छ। २०७६ सालमा स्थानीयको सीप प्रवर्द्धन गरी त्यहीँका जनशक्तिले उत्पादन गरेका सेनेटरी प्याड विद्यालयका छात्रालाई निःशुल्क उपलब्ध गराउने निर्णय भएको थियो। […]

पुरा पढ्नुहोस् ...

स्थानीय निर्वाचनका लागि झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

१७ चैत्र । स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण […]

पुरा पढ्नुहोस् ...

वरिष्ठ पाष्टर रोबर्ट कार्थकको स्वर्गिय प्रस्थान

काठमाडौँ, जेठ ४ गते। नेपाली इसाई जगतका ऐतिहासिक, सबैको एक प्रेरणको स्रोत, नेपालकै सबैभन्दा ठूलो चर्चका मुख्य पाष्टर, महत्वपुर्ण व्यक्ति रेभ.पा.रोबर्ट कार्थक ९६ वर्षको उमेरमा आज स्वर्गिय घरमा प्रस्थान गर्नुभएको छ । नेपालको ख्रीष्‍टियन मण्डलीका प्रभुका अभिषिक्त र ख्रीष्‍टको सेवाको निम्ति समर्पित आदरणीय पास्टर आज विहान प्रभुमा ३ बजे विश्राम लिनुभएको हो। नेपाली ख्रीष्टियन इतिहासमा […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री केपी शर्मा ओली पद मुक्त, पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । संसदमा भएको भोटिङमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । विस्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री ओली पद मुक्त भएका छन् । संसदमा भएको मतदानमा प्रधानमन्त्रीलाई विस्वासको मतको पक्षमा ९३ मत खसेको छ । यस्तै विस्वासको मतको विपक्षमा १२४ […]

पुरा पढ्नुहोस् ...

आजको कोरोना अपडेटः थप ८९ जनामा संक्रमण

पोखरा, चैत्र १५ गते। पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा […]

पुरा पढ्नुहोस् ...

काठमाण्डौको वायु प्रदूषण: स्वास्थ्यका लागि खतरनाक, भिजिविलिटी कम

काठमाडौँ, चैत्र १३ । काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । हावाको प्रदूषण मापन सूचक एक्यूआई दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाण्डौका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका […]

पुरा पढ्नुहोस् ...