अलबिदा अनिल! (को थिए अनिल शाही ? )

लाईट न्युज सम्वाददातापोखरा, माघ १० गते । संचार क्षेत्रमा ठूलो योगदान दिएका रेडियो अपोस्टलका संचालक, अपोस्टल मिडियाका निर्देशक, कुशल भिडियो ग्राफर, संगित संयोजक तथा नदीपुर चर्चका एल्डर अनिल शाहीको अन्त्यष्टि कार्यक्रम सम्पन्न भएको छ । २०७९ माघ १ गते भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा नदीपुर चर्चका मुख्य अगुवा राजुसिँह ठकुरी, अनिल शाही र रबिन […]

पुरा पढ्नुहोस् ...

अलबिदा त्रिभुवन !

लाईट न्युज संवाददाता२०७९ माघ ३ गते । पोखरा । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको मंगलबार अत्येष्टि गरिएको छ । शव पहिचान र पोस्टमार्टम गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिवारलाई शव बुझाएपछि सेती नदीको शान्तिघाटमा पौडेलको दाहसंस्कार गरिएको हो । उनलाई श्रद्धाञ्जलीदिन पत्रकार, राजनीतिकर्मी, पेसाकर्मी, उद्यमी व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो । […]

पुरा पढ्नुहोस् ...

एकै चर्चका तीन अगुवाहरु अन्त्यष्टि कार्यक्रमबाट फर्किँदै गर्दा

लाईट न्युज सम्वाददातापोखरा, माघ २ गते । नेपालमा लगभग ५० वर्ष सेवकाई गरेर स्वर्ग प्रस्थान गर्नुभएका पोखरा स्थित नदीपुर चर्चका पाष्टर म्याथ्यु फिलिपलाई उनकै जन्मथलो भारतको केरलामा अन्तिम बिदाई गर्न नदीपुर चर्चका मुख्य अगुवाहरु जानुभएको थियो । मण्डलीका संस्थापक पाष्टर प्रभुमा सुतेको केहिदिन मात्र भएको थियो अनि घट्यो यो अकल्पनिय घटना । २०७९ माघ १ […]

पुरा पढ्नुहोस् ...

पोखरामा परमेश्वरले चलाउनुभएको व्यक्ति: म्याथ्यु फिलिप

उहाँ पोखरा आउँदा पोखरामा जम्मा २ वटा चर्च थिए, पोखरेली ख्रीष्टियानहरुको निम्ति उहाँको योगदान अतुलनिय छ । आफ्नो सारा जवानीपन पचास बर्ष भन्दा बढी पोखरामा आफ्नो सेवकाईको जीवन बिताउनुभएका नदिपुर मण्डलीका संस्थापक तथा प्रमुख अगुवा मैथ्यू फिलिपको जन्म भारतको केरलामा सन् २२ मे १९४७ भएको थियो । कक्षा १० पास पछि टिचर्स तालिम लिएका उहाँले […]

पुरा पढ्नुहोस् ...

संकटालाई आहा रारा गोल्डकप, कसले के उपाधि प्राप्त गरे?

पोखरा, पुस २३, २०७९ । २२ औं  आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका संकटा क्लबले जितेकोछ । अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि पाहुना टोली भुटनिज युथ एससीअमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । तीन वर्षमा संकटाको यो दोस्रो आहा रारा पोखरा गोल्डकप उपाधि हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशीखेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाउअघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका हुन् । पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३५ औं मिनेटभित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएकाथिए । निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर त्यहि बल रिबाउन्डहुँदा सुरजले गोल गरेका हुन् । विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलकोकर्नरमा मेसुकेले गोल गरेका थिए । त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिजयुथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चकमोडमा लगेका थिए ।   सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६लाख रुपैयाँ प्राप्त गरेको छ। संकटा क्लबका कप्तान सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताकोसर्वोत्कृष्ट खेलाडी चुनिए भने, टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्टफरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्टरक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।

पुरा पढ्नुहोस् ...

चर्च बोइजले सर्वाधिक ६ पटकको आहा रारा गोल्डकप बिजेता नेपाल प्रहरीलाई हरायो

लाईट न्युज संवाददातापोखरा, १५ पौष २०७९ । पोखरा रंगशालामा जारी आहा रारा पोखरा गोल्डकपको दोस्रो खेलमा चर्च बोइज युनाईटेडले नेपाल पुलिस क्लबलाई २–१ गोलको अन्तरले हराएको छ । २२ औं संस्करणको आहा रारा गोल्डकपमा आफ्नो डेब्यु खेलमै चर्च ब्वाइज युनाइटेडले सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको छ उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब गोल्डकपको […]

पुरा पढ्नुहोस् ...

कुलमानद्वारा उज्यालो पोखरा अभियान उद्घाटन

लाईट न्युज संवाददातापोखरा । १३ पौष २०७९ उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य–मुख्य चोकहरुमा जडान गरिएका हाइमास्ट स्ट्रिट लाइटको उद्घाटन भएको छ । पोखरा–१७ स्थित बिरौटाको चोकमा जडित लाईटलाई बाल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस अभियानको सुरुवात गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण तथा पोखरा महानगरपालिकाको […]

पुरा पढ्नुहोस् ...

प्रदेश स्तरीय नाटक महोत्सव हुँदै

पोखरा, ८ पौष २०७९ । पोखरा थिएटरको आयोजनामा विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार भन्ने मुल नाराका साथ गण्डकी प्रदेश स्तरीय तेस्रो विद्यालय नाटक महोत्सव हुन गइरहेको छ ।माध्यमिक तहका विद्यार्थीहरु सहभागी हुने उक्त महोत्सवमा १८ देखि २१ वटा नाटक समावेश हुनेछन र छनौट भई सहभागी समुहका कलाकार, व्यवस्थापक, प्राविधिकहरुले प्रमाणपत्र, मेडल र नगद १० हजार […]

पुरा पढ्नुहोस् ...

प्रतिनिधिसभा तथा प्रदेशसभामा निवार्चित सदस्यहरुलाई बधाई तथा ख्रीष्टमस शुभकामना आदनप्रदान

सुबास मसिहीपोखरा । २ पुष २०७९ । हालै सम्पन्न मंसिर ४ गतेको प्रतिनिधिसभा साथै प्रदेशसभाको निर्वाचनमा विजयी भई प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यको रुपमा निर्वाचित सांसदहरुलाई पोखरेली ख्रीष्टिय समुदाय पोखराले एक कार्यक्रम गर्दै बधाई ज्ञापन गरेको छ । येशू ख्रीष्टको जन्मोत्सवको अवसर पारेर आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेशसभाका सदस्य एवं सभासदहरु, विभिन्न संघसंस्थाका […]

पुरा पढ्नुहोस् ...

मारानाथाको प्रि-ख्रीष्टमस स्पोर्टस फेस्टिबल

लाईट न्यूज संवाददाता२९ मंसिर २०७९ । येशू ख्रीष्टको जन्मोत्सव अर्थात ख्रीष्टमसको पुर्वसन्ध्यामा मारानाथा स्पोट्स मिनिष्ट्रिले खेलकुद कार्यक्रमको आयोजना गरेको छ । कस्केरी स्थित खेलमैदानमा आयोजित अन्तर चर्च खेलकुद प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल साथै एथलेटिक्स तर्फ सट पुट, लङ्ग जम्प, टग अफ वार, १०० मिटर, ४०० मिटर र ८०० मिटर दौड लगायतका खेलहरु समाबेस गरिएको […]

पुरा पढ्नुहोस् ...

चिल्ली ग्रुपको “डाइन इन द स्काई” थिममा थ्री सिक्स्टी लाउन्ज शुरु

पोखरा । २३ मंसिर २०७९ ।डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा। लि।होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको प्रा.ली १२ करोड लगानीमा शुरु गरिएको समुहद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एउटै छाना मुनि बिभिन्न सुबिधा रहेको हिमालयन […]

पुरा पढ्नुहोस् ...

नेपालकै ठूलो सडक महोत्सवको २४ औँ संस्करण पौष १३ देखि

लाईट न्युज संवाददाता पोखरा । २२ मंसिर २०७९ । सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने मुल नाराका साथ पोखराको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्धेश्यले पुष १३ देखि १७ सम्म पोखरा सडक महोत्सवको २४ औँ संस्करण आयोजना हुन लागेको छ । आयोजक रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा पाँच दिन लेकसाइडको फिस्टेल गेटदेखि जरेबरसम्म ३ कि.मी […]

पुरा पढ्नुहोस् ...

कास्कीमा शान्तिपुर्वक मतदान सकियो, ५८ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

२०७९ मंसिर ४ गतेपोखरा । कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले शौहार्द पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाएका छन । कास्कीमा उत्साह […]

पुरा पढ्नुहोस् ...

पि.सी.सी– ए सि एनको सामुदायिक सेवा (मिसन) केन्द्र भवन शिलान्यास

पोखरा, १ मंसिर २०७९ । पोखरेली ख्रीष्टिय समुदाय र यस अन्तर्गतको सामाजिक कार्य गर्ने संस्था असल छिमेकी नेपालको मिशन केन्द्र भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नेपालमा चर्च इतिहासको ७० औँ वर्ष र ए सि एनको २० औँ सेवाको वर्षको अवसरमा पोखरा–११, फुलबारी स्थित भवन निर्माण स्थलमा पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत चर्च पाष्टर अगुवाजन, […]

पुरा पढ्नुहोस् ...