कास्कीमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह
साउन १३, २०८० पोखरा । कास्कीमा शनिबार अति भारी वर्षा मापन गरिएको छ । कास्कीको जुम्लेटी, पोखरा वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो स्थान भई बहने कालीखोलालगायत स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“साउन १३, साँझ ६ः३० बजे । कास्कीको जुम्लेटी, पोखरा वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा अति भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कालीखोलालगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।