काठमाडौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि, कुल संख्या २१७

नेपाल मुख्य समाचार स्वास्थ्य

काठमाडौं। पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला भक्तपुरमा एक महिला एक पुरुष सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार पर्सामा ६ जना महिला, १२ पुरुष गरी १८ जना, महोत्तरीमा दुई पुरुष, धनुषा एक महिला एक पुरुष, सर्लाहीमा एक पुरुषमा संक्रमण पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *