अस्पतालबाट दुईजना कोरोना संक्रमित भागे
पर्सा । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना बिरामी भागेका छन् । बुधबार दिउँसो आइसोलेसन कक्षबाटै दुईजना संक्रमित नेपाली नागरिक भागेको पर्साका प्रहरी प्रमुख, एसपी गंगा पन्तले जानकारी दिइन् । अहिले प्रहरीले ती दुई व्यक्तिको खोजी कार्य जारी राखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।
उनीहरु मंगलबार भर्ना भएका थिए। डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।