क्वारेन्टाइनमा राख्ने डरले पोखरामा छतबाट हामफाल्ने युवकमा कोरोना नेगेटिभ

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा । क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका भारतको कर्नाटकदेखि पोखरा आएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
१२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका उनलाई क्वारेन्टाइनमा राख्न प्रहरी लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए । २१ वर्षका ती युवकमा कोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । सोलुखुम्बुका उनी पोखरा महानगरपालिका वडा नं ८ मा बस्दै आएका थिए । उनी करिब ३ महिनाअघि भारतको कर्नाटक क्षेत्रमा कामका लागि गएका थिए । त्यहाँबाट फर्केर उनी पोखरा आएको खबरसँगै त्रसित बनेका स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी खोज्दै आएको थियो । पोखरामा उनका आमाबाबु बस्छन् । पोखरा ८ नागढुंगामा आमाबाबुले भाडामा लिएको कोठामा बिहान ९ बजे आइपुगेको प्रहरीले बताएको छ । उनी मुग्लिनबाट तरकारी बोक्ने गाडीमा चढेर पोखरा आइपुगेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्। भारतबाट युवा पोखरा आइपुगेको थाहा पाएपछि स्थानीयवासीले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए। पोखरा ८ का वडाध्यक्ष रूद्रनाथ बरालले प्रहरी टोलीसहित बस्नेत बसेको घर पुगे। प्रहरीसहितको टोली देखेपछि उनी घरको छतबाट हामफालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *