कोरोना सङ्क्रमितलाई घरमै राखेर कसरी हेरचाह गर्ने?

मुख्य समाचार स्वास्थ्य

विभिन्न परिस्थिति अनुसार कहिलेकाहीँ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति घरमै बस्छन्। अहिले कोरोना संक्रमितहरुलाई सरकारले होम क्वारेन्टाइनमा पनि राख्न सक्ने नियम बनाएको छ । उनीहरूसँग अघिपछिको जस्तो उठबस गर्नुहुँदैन। कोभिड–१९ भएका व्यक्तिको हेरचाह गर्दा सङ्क्रमण नभएका व्यक्तिहरू अतिरिक्त सावधान हुनुपर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार उनीहरुलाई हेरचाह गर्दा निम्न उपायहरु अपनाउन सकिन्छः
के चाहिन्छ?
-उनीहरुलाई बिशेष गरी विश्राम, पोषिलो खानेकुरा र पर्याप्त पानीको आवश्यक्ता हुन्छ ।
-ज्वरो आउँदा र टाउको दुख्दा सिटामोल र आइबुप्रोफेन दिँदा उपयोगी हुन्छ ।
-लक्षणहरु गम्भीर हुन थाले तत्कालै स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने ।
अलग्ग बस्ने ठाउँको व्यवस्था गर्ने ।
-देशैपिच्छे फरक नियम भएतापनि कम्तिमा १० दिन अलग्ग बस्दा उपयुक्त हुन्छ ।
-सकेसम्म संक्रमित व्यक्तिलाई छुट्टै कोठा दिने ।
-खानेकुरा ढोकाबाहिरै राखिदिने ।
-एउटै कोठामा बस्नुपरे दुरी कायम गर्ने ।
-मेडीकल मास्क प्रयोग गर्ने । लगाइसकेपछि नछुने ।
-कोठा बाहिर जाँदा मास्क फेर्ने ।
साझा भान्सा र सौचालय भए
-पालैपालो प्रयोग गर्ने
-क्रमितले भन्दा पहिले आफुले प्रयोग गर्ने
सफा गर्नुहोस
-संक्रमितले छोएको सबैकुरा दुषित हुन सक्छ, उनीहरुको लागि छुट्टै डस्टबिनको व्यवस्था गर्ने
-फोहोर लुगा नहल्लाउने, त्यसो गर्दा भाइरस छरिन सक्छ ।
हात धुने
-पटक पटक नियमित रुपमा
आफु पनि अलग्ग बस्नुहोस
-सबैजना घरमा छुट्टै बस्ने कम्तिमा दुई हप्ता
-खाद्यन्न र औषधी ढोका बाहिरै राखिदिने
-व्यायाम गर्न बाहिर नजाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *