आज येशू ख्रीष्टको जन्मोत्सवः ख्रीष्टमस

नेपाल मुख्य समाचार सुसमाचार

पोखरा, १० पौष २०७९ । आज पुष १० अर्थात डिसेम्बर २५ येशू ख्रीष्टको जन्मोत्सवको रुपमा संसारका मानिसहरुले उत्सव मनाइरहेका छन । नेपालमा पनि विगतका केहि वर्षयता चर्चहरुकोसंख्या बढेसँगै नेपालभरीका विभिन्न चर्चहरुले महिनौभरी थुप्रै कार्यक्रमगरी शुभकामना आदनप्रदान गर्दै ख्रीष्टमस मनाउँदै आइरहेका छन । ख्रीष्टमसको पुर्वसन्ध्यामा विभिन्न चर्चहरुले नाचगान गर्दै, गाउँदै क्यारोल कार्यक्रम गर्दै आइरहेका छन । संसारमा मानिसहरुले विभिन्न कार्यक्रमहरुले उत्सव मनाएतापनि वास्तवमा ख्रीष्टमसको मर्म यस्तो छ:
ख्रीष्टम ख्रीष्टमसको मर्म
अब हामी सबैलाई अवगत भएको कुरा हो कि संसारमा मानिसहरुले हर्ष उल्लास सहित डिसेम्बर २५ लाई प्रभु येशूको जन्मको रुपमा मनाउँदै आएका छन, ठाउँठाउँमा नाचगान, क्यारोल, चर्च तथा घर टोलहरु सजावट गरिन्छ साथै थुप्रै भोजहरुको समेत आयोजना हुने गरेको छ यो सबैको कारण हो परमेश्वरले संसारलाई आफ्नो पुत्र दिनुभयो । आजभन्दा लगभग २०२२ बर्ष अगाडी येशूू ख्रीष्टको जन्म यो संसारमा भयो । उहाँको जन्म साधारण थिएन, जन्मनुुभन्दा छ सय वर्ष अघिदेखि नै धेरै अगम्बक्ताहरुद्वारा उहाँको जन्मको भविष्यवाणी गरिएको थियो । उहाँले जन्म लिने ठाउँको रुपमा गोठ थियो, उहाँ जन्मिनका लागि एउटा कन्या जसको नाम हो मरियम, उनलाई धेरै वर्ष अघिदेखि तयार पारिएको थियो । जब ख्रीष्टमसको प्रसंग आउँछ तब त्यहाँ दिने कुराको, नयाँ हुने कुराको पनि प्रसंग जोडिएको छ । परमेश्वरले संसारका मानिसहरु पापी र भ्रष्ट भएको कारणले सारा संसारलाई आफ्नो एकदमै प्रिय पुत्र दिनुभएको छ ।

उहाँको नाउँमाथी विश्वास गर्नेलाई नयाँ जिवनको अवसर प्राप्त भएको छ । यहाँ मरियमले समेत आफ्नो जवानी परमेश्वरमा अर्पण गरेकी छिन, त्यतिबेलाको समाजमा यदि कोहि कन्या गर्भवती भएको थाह भएमा सबै मिलेर ढुङ्गा प्रहार गरि मार्ने चलन थियो तर त्यसका बावजुत पनि उनले परमेश्वरको महिमाको निम्ति साहसिक कदम चालेकी थिइन । जब प्रभु येशूूको जन्म भयो नयाँ युगको नै शुरु भएको हामी पाउँछौ । अहिले धेरै मानिसहरुले ख्रीष्टमस आफ्नै तरिकाले मनाउने गरेको पनि पाइएको छ । प्रभुमा विश्वास गर्ने व्यक्तिले मात्र नभई विश्वास नर्गने व्यक्तिहरुले पनि उत्तिकै उत्सुकतामा ख्रीष्टमस मनाउँदै आइरहेका छन । पश्चिमी देशहरुमा एकमहिना अघि देखी नै ख्रीष्टमसको रमझम हरेक घर, व्यापारिक केन्द्र, स्कुल कलेजहरुमा तथा सबै चोक गल्लीमा देख्न पाइन्छ । कतिपय मानिसले स्वाभावै अनुसार सबैकुरालाई सांसारिक दृष्टिकोणले हेर्ने, मोजमज्जा, खानपिन गरेर बिताउने प्रचलन बढेकोले ख्रीष्टमस केबल पर्वको रुपमा मात्रै सिमित नहोला भन्न सकिन्न । यसको वास्तविक अर्थ लोप भई केबल चाडको रुपमा सिमित नहोस । तर ख्रीष्टमसले सबैमा नयाँ जोश, जाँगर, नयाँ विचार र आस्थामा सबैलाई सुदृढ पारोस र यसको वास्तविक लक्ष्य जुन प्रभु जन्मेको सुसमाचार हो त्यो पुरा होस उहाँको महान योजना यो संसारमा पुरा होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *