वश्वकै धनी बन्न सफल एलन मस्क

अन्तराष्ट्रीय खबर मुख्य समाचार

एजेन्सी । अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले जारी गरेको धनाढ्यको सूचीमा ४९ वर्षका मस्क पहिलो नम्बरमा पुगेका हुन् । सूचीमा विश्वका ५ सय अर्बपति छन् । गत वर्षदेखि टेस्लाको सेयरमा ८ गुनाभन्दा धेरै वृद्धि भइसकेको छ, जसका कारण मस्कको सम्पत्तिमा थपिएको हो । ब्लुमबर्ग पत्रिकाले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९५ अर्ब अमेरिकी डलर पुर्याएको हो ।

बेजोसको सम्पत्ति १ सय ८५ अर्ब डलरमात्र छ । यो मस्कको भन्दा १० अर्ब डलर कम हो ।कुनै बेला संसारकै धनी व्यक्तिका रुपमा लामो समय रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन् । ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा रहेका उनको सम्पत्ति १ सय ३५ अर्ब डलरमात्र छ । मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए । त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए ।

मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो । यो वर्ष कम्पनीले बिक्रीमा रेकर्ड राखेको छ । यही वर्ष उनको दोस्रो कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *