सरकार र डा.केसीबीच सहमति, आज अनशन तोडिदै
काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा.गोविन्द केसीबीच गए राती सहमति भएको छ ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी रहेको अनशन तोडने निर्णण् गरेका छन । जुम्लाबाट १९ औं पटकको अनसन सुरु गरेका उनलाई सरकारले नेपालगञ्जसम्म गाडी र त्यहाँबाट काठमाडौं जहाजबाट ल्याएको थियो ।