कास्कीमा शान्तिपुर्वक मतदान सकियो, ५८ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

नेपाल मुख्य समाचार स्थानिय समाचार

२०७९ मंसिर ४ गते
पोखरा । कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले शौहार्द पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाएका छन ।

कास्कीमा उत्साह जनक रुपमा मतदान शुरु भएको छ । कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाभरी २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाताले मतदान गर्ने छन् ।


गण्डकीमा प्रतिनिधिसभा १८ र प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र छन् । प्रदेशभर १ हजार २ सय ८३ मतदानस्थल अन्तर्गत २ हजार ३ सय ३९ मतदान केन्द्र रहेका छन् । प्रदेशभर १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका छन् ।
कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ र मनाङमा मात्र ६ हजार ७ सय ७९ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा कास्की सबैभन्दा धेरै छन् भने सबैभन्दा कम मनाङमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *