भारतमा पुनः लकडाउनको सम्भावना, विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै
एजेन्सी । भारतको विभिन्न ठाउँमा संक्रमण दुई गुणाले बढ्दै गएको कारणले केहि ठाउँमा पुनः लकडाउनको सम्भावना रहेको छ ।
भारतमा कोरोना भाइरसको महामारी एक पटक फेरी बढेको छ । गत मार्च १० अर्थात दुई दिनदेखि सक्रिय संक्रमितको संख्या बढ्दै गएर १ लाख ८० हजारभन्दा बढि भएको छ ।
यस्तो अवस्थाका कारण विशेषज्ञहरुले अहिले कोरोनाको दोस्रो लहरको अनुमान गरिरहेका छन् ।इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक जनरल बलराम भार्गवका भन्छन् महाराष्ट्रमा सबैभन्दा चिन्ताजनक स्थिति छ । त्यहाँ कुनै नयाँ स्वरुप भेटिएनन् । महाराष्ट्रमा बढ्दो संक्रमणले मानिसहरुले सामाजिक दूरी र मास्क लगाउने जस्ता नियम बिर्सिएका छन् भन्ने कुरा प्रष्ट हुन्छ । यसबाहेक मध्य प्रदेश, गुजरात, पञ्जाब र हरियाणामा पनि नयाँ संक्रमितको संख्यामा तिव्र गतिले बृद्धि भएको छ ।’
पञ्जाबका चार जिल्लामा नाइट कर्फ्यू
पञ्जाबमा कोरोनाका नयाँ संक्रमितहरुको संख्या ११ दिनमा दुई गुणाले बढेको छ । यसपछि सावधानि अपनाउँदै राज्य सरकारले जालन्धर, एसबीएस नगर, होशियापूर र कपूरथलामा नाइट कर्फ्यू लगाइएको छ । अहिले पटियालामा पनि १२ मार्चदेखि नाइट कर्फ्यूकाको आदेश दिएको छ । यहि क्रममा आवश्यक र आपातकालीन सेवाहरुलाई मात्र छूट दिइनेछ ।
गुजरात दुई महिनामा सबैभन्दा धेरै संक्रमित
गुजरातमा नयाँ संक्रमति संख्याले नयाँ रेकर्डलाई तोडिदिएको छ । जनवरी र फेब्रअरीमा ४०० भन्दा कम संख्यामा संक्रमित रहेकोमा मार्चमा भने एउटा पनि त्यस्तो दिन छैन, जहाँ चार सय भन्दा कम संक्रमित भेटिएका होस् । ११ मार्चमा ६७५ नयाँ संक्रमित भेटिएको थियो, जुन दुई महिनामा सबै भन्दा धेरै संख्या हो । यदि मानिसहरुले कोभिड– १९ का प्राटोकलको पालना गरेनन् भने लकडाउनको सामना गर्नु पर्ने कुरा गुजरात हाईकोर्टले एक दिन पहिला नै बताएको थियो ।
हरियाणामा स्कूल खुलेपछि बढ्यो नयाँ संक्रमित संख्या
हरियाणामा फेब्रुअरी २४ देखि स्कूल खोल्ने निर्णय गरिएको थियो । त्यसपछि नयाँ संक्रमितको संख्या लगातार बढिरहेको छ । १ देखि ११ मार्चबीच नै नयाँ संक्रमित भेटिने रफ्तार दुई गुणा भएको छ । यो भन्दा पनि धेरै संक्रमित गुडगाउँमा देखिएको छ ।