च्याम्पिएन्स लिगः बार्सिलोना बाहिरियो, लिभरपुल क्वाटर फाइनलमा

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । बुधबार राती भएको च्याम्पियन्स लिग अन्तर्गतको दोस्रो लिगमा स्पेनिस फुटबल क्लब बार्सिलोना फ्रेन्च फुटबल क्लब पिएसजीसँग पराजित भएको छ । गएरातिको खेल १–१ गोलले बराबरी भएतापनि ५–२ गोलको एग्रिगेटमा बार्सिलोना बाहिरिएको हो ।
खेलको ३० औँ मिनेटमा पाएको पेनाल्टीलाई पिएसजीका एम्बाप्पेले गोलमा परिणत गरे भने ३७ औँ मिनेटमा गोल गर्दै मेस्सीले खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले पेनाल्टी पाएतापनि मेस्सीको प्रहार पिएसजीका नाभसले उत्कृष्ट रुपमा बचाए ।

त्यस्तै गएराती भएको अर्को खेलमा लिभरपुलले आरबि लाइपजिगलाई २–० गोलले पराजित गर्दै समग्रमा ४–० को जीतसँगै अन्तिम आठमा पुगेको छ । लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *