क्यालिफोर्निया, अमेरिकामा नेपाली ख्रीष्टियान संगति
सान फ्रान्सिस्को, सानराफेल, क्यालिफोर्निया, अमेरिकामा २०१४ जुलार्इ ०४ मा NRN ख्रीष्टियानहरुको सहभागिता एवं धेरै प्रार्थना सहित परमेश्वरको अनुग्रहमा पाष्टर चेत थोकोर तथा गुरुआमा कल्पना र केही विश्वासीहरु मिलेर नेपाली ख्रीष्टियान संगति शुरु गर्नुभएको थियो । उक्त संगतीको नाम इन्टरनेशनल नेपालिज चर्च भनी घोषणा गरी पाष्टर दिलिप क्षेत्रीद्वारा चर्च समपर्णको प्रार्थना गर्नुभएको थियो । हालको तथ्याङ्क अनुसार सान फ्रान्सिस्को, क्यालिफोर्नियाको Bay एरियामा लगभग २०–२५ हजार नेपालीहरु रहेको अनुमान छ । जसमा केही मात्रामा ख्रीष्टियान नेपालीहरु पनि रहेका छन । तर प्राय जसो ख्रीष्टियान नेपालीहरु संगति बिना आफ्नै शैलीमा जीवन बिताईरहेका तथा जीवनको टन्टाको ब्यस्ततामा प्रभूबाट टाढा रहेकोले छरपष्ट रहेका प्रभूका जनहरुलाई एकत्र बनाई मिलेर परमेश्वरसित प्रार्थनामा समय बिताउन र एक–अर्कासित घनिष्ठ संगती बिस्तार गरेर सुख–दुखमा अथवा मर्दा–पर्दा एक परिवार झैं मिलेर समस्या समाधान गर्ने, सहयोग गर्ने र प्रार्थना गरेर उत्साह दिई परमेश्वरको वचनअनुसार एक असल साक्षी बनाउने उद्देश्य सहित यो चर्च शुरु भएको थियो ।
हाल इन्टरनेशनल नेपालिज चर्च टिममा पाष्टर चेत थोकोर तथा गुरुआमा कल्पना तामाङ, अ.पाष्टर सोनम तामाङ, तिमोथी महर्जन, फिलिप तामाङ, मेग तामाङ, शक्ति राई, शेखर पौडेल, भावना राना (तामाङ), खड्ग बोम्जन र संजयलाल सुन्दास गरि १० जना टिम सदस्यहरु रहेका छन् । बेलाबखत नेपालबाट आउनुभएका प्रभुका दास–दासीहरुलाई चर्चमा स्वागत गरेर नेपालको परिस्थिति एवं अवस्थाहरुबारे जानकारी लिई नेपाल देशको सुख–शान्ति, समृद्धि एवं विकासको लागि प्रार्थना गर्ने साथै नेपालबाट आउनुभएका पाहुना वक्ताहरुद्वारा प्रभूको साक्षी एंव उत्साहमय वचन सुनेर मण्डलीका विश्वासीहरु सदैव उत्साहित हुदैँ गरेको जानकारीका साथै यस्ता भेटघाट तथा प्रार्थनाद्वारा अझै प्रभूमा असल साक्षी बनी, असल काम गर्ने उत्साह एवं हौसला पाएको भनी २०१८जुलार्इ १५–३१ सम्मको अमेरिकाका केही सहरहरुमा प्रार्थना–भेटघाट, सम्मेलन तथा वचन सेवकाईमा रहनुभएका इम्मानुएल लाईट चर्च, पोखरा, नेपालका रेभ.पा.बेदु लोप्चनलाई इन्टरनेशनल नेपालिज चर्चका पाष्टर चेत थोकोरद्वारा जानकारी प्राप्त भयो । यसप्रकार विश्वभरी छरपष्ट भई टाढा रहेतापनि आफ्नो देश नेपाल प्रतिको प्रेम, सम्मान, आदर एंव देशभक्ति भावना सम्पूर्ण NRN नेपालीहरुको मुटु भित्र रहेको स्पष्ट हुन आउँदछ । ( समाचार ः अमृत पावल )