दुई प्रतिशतले ब्याज छुट

आर्थिक मुख्य समाचार

नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ । कोरोना सङ्कमणका कारण सरकारले देशभरी लकडाउन जारी गरेको अवस्थाका कारण आर्थिक तथा व्यावसायिक गतिविधिको दर न्यून भएका कारण उद्योग, व्यवसायी तथा अन्य ऋणीमा परेको प्रतिकुल असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले बैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिने निर्णय गरेको छ ।
राष्ट्र बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तसम्मका तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासिक भित्र कर्जा नियमित गरेमा समेत बैशाख देखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पोउने निर्देशन जारी गरेको छ । वि.सं. २०७७ बैशाखमा किस्ता तिरिसकेका ग्राहकको पनि यस्तो छुट सुविधा पोउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधारदर बराबरकै अर्थात् ७।८२ प्रतिशतके न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।
कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *