झापाका ८ जना सहित ९ जनामा कोरोना संक्रमण , संक्रमितको कुल संख्या ४५३
काठमाडौं । पछिल्लो परीक्षणको नतिजा अनुसार थप नौ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।