बेंगलोरद्वारा चेन्नई पराजित
एजेन्सी– बैंगलोरका कप्तान बिराट कोहली चम्केपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग “आइपिएलको” २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । कोहलीले नट आउट रही ५२ बलमा ९० रन बनाएका थिए ।
टस जितेर ब्यटिङ रोजेको बैंगलोरले ४ विकेट गुमाउदैँ १६९ रन बनाएको थियो ।
जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । चेन्नईका आम्बाती रायुडुले ४० बलमा ४ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए ।
चौथो ओभरको अन्तिम बलमा वासिन्टन सुन्दरले फाप डु प्लेसिसलाई क्रिस मोरिसबाट ८ रनमा क्याच आउट गराए । छैटौं ओभरको चौथो बलमा सुन्दरले अर्का ओपनर शेन वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । वाटसनले १८ बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको दोस्रो बलमा नारायण जगदेसन ३३ रनमा रन आउट हुन पुगे । नारायणले २८ बलमा ४ चौका प्रहार गरे ।
स्पिनर युजवेन्द्र चहललाई १६ औं ओभरको अन्तिम बला ठूलो सट खेलेका कप्तान महेन्द्रसिंह धोनी बाउन्ड्री नजिकै गुरक्रित सिंहमानबाट १० रनमा क्याच आउट भएपछि चेन्नईको जित टाढिएको थियो । साम करनले खाता खोल्न सकेनन् । रविन्द्र जडेजा ७ रनमा क्याच आउट भए । वासिन्टन सुन्दरले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । क्रिस मोरिसले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहल र इसुरु उडानाले एक एक विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । बेंगलोरका कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ४ छक्का सहित ९० रनमा अविजित रहे । शिवम दुबे १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । पाँचौ विकेटका लागि कोहली र दुबेले ३४ बलमा ७६ रनको अविजित उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याए । बेंगलोरले अन्तिम २४ बलमा ६६ रन जोडेको थियो । तीव्र गतिका बलर दीपक चहरले तेस्रो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई २ रनमा बोल्ड आउट गर्दै चेन्नईलाई पहिलो सफलता दिलाए । फिन्चले ९ बलको सामना गरेका थिए । ११ औं ओभरका अर्का तीव्र गतिका बलर शार्दुल ठाकुरले प्रमुख दुई विकेट लिए । ११ औं ओभरको दोस्रो बलमा ठाकुरले फाप डु प्लेसिसबाट ओपनर देवदत्त पाडिक्कललाई ३३ रनमा क्याच गराए ।
पाडिक्कलले ३४ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुइबल पछि आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्स धोनीबाट शून्यमा क्याच आउट हुन पुगेपछि बेंगलोर ६७–३ को अवस्थामा पुगेको थियो । साम करनले १५ औं ओभरको तेस्रो बलमा वासिन्टन सुन्दरलाई धोनीबाट १० रनमा क्याच आउट गराए । चेन्नईका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । साम करन र दीपक चहरले एक एक विकेट लिए ।
चेन्नई सुपर किङग्स ४ अंक सहित अंक तालिकाको छैठौँ स्थानमा छ भने बैंग्लोर आठ अंक सहित चौथो स्थानमा छ ।