बिलिभर्स इस्टर्न समुदायद्वारा २१५ जनालाई ब्लाङकेट वितरण

बिबिध मुख्य समाचार स्थानिय समाचार

पोखरा, माघ ९ गते । बढ्दो जाडोको मौसमलाई मध्यनजर गरि बिलिभर्स इस्टर्न समुदायद्वारा पूर्णकालिन रुपमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपालमा सेवारत २१५ जनालाई ब्लाङकेट वितरण गरिएको छ । भोगोलिक विविधताको आधारमा बिलिभर्स इस्टर्न चर्च पश्चिम नेपाल अन्तर्गत सेवारत याजकहरु, डिकन फादरहरु तथा सेविकाहरुको आवश्यक्तालाई ध्यानमा राखी विभिन्न मिति र स्थानहरुमा वितरण गरेको पोखरा डायोसिसका विशप गोपाल क्षेत्रीले बताउनुभयो । ब्लाङकेट वितरण कार्यक्रम सुर्खेत, कोहलपुर, बुटवल, गोरखा र पोखरामा सम्पन्न भएको थियो ।
पोखरा डायसिसबाट विशप गोपाल क्षेत्री, पोखरा डायोसिसेन फादर सशीधर चपाई, याजक ख्रीष्टपावल तामाङ सो स्थानहरुमा पुग्नुभउको थियो । कोहलपुर मिशन डायोसिस अन्तर्गत ब्लाङकेट वितरण कार्यक्रममा फादर इश्वर लामा, फादर जगत तामाङ तथा सुर्खेत इसाई समाजका सचिव तथा स्थानिय विलिभर्स इस्टर्न चर्चका रेभ. फादर पूर्ण बहादुर बर्देवाको उपस्थिति रहेको थियो ।
जाडोको यामलाई मध्यनजर गरि ब्लाङकेट वितरण गरेकोमा डायोसिस परिवारलाई हरेक जिल्लाका जिल्ला फादरहरुले आभार प्रकट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *