हिमाञ्चलका विद्यार्थीद्वारा असाहयलाई आर्थिक सहयोग
पोखरा, माघ १२ गते । पोखरा–८, अन्नपुर्णटोल स्थित हिमाञ्चल बोर्डिङ स्कुलका विद्यार्थीले असाहय व्यक्तिहरुको लागि करिब पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
लकडाउनले गर्दा विभिन्न आर्थिक समस्यामा परेका, अनाथ, सडक बालबालिका, वृद्धाआश्रमलाई सहयोग गर्दै आएका कृष्ण क्षेत्रीलाई एक सांगितिक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।
क्षेत्री धेरै वर्षदेखि संगितिक क्षेत्रमा लागेको साथै उनले नेपालका विभिन्न ठाउँहरुमा गएर आफ्नो कला प्रस्तुत गर्दै रकम उठाउँदै सहयोग गर्दै आएका छन ।
हिमान्चलका कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकम उक्त सामाजिक सेवा जस्तो पवित्र काममा सहयोग गरेका छन । छोटो समय भएको सांगितिक कार्यक्रममले विद्यार्थीमा कोभिड–१९ ले पारेको असरलाई केहि हदसम्म न्युन पारेको र खाँचोमा परेकाहरुलाई सहयोग गर्न पाएको भन्दै विद्यालयका निर्देशक ध्रुव के.सीले खुसी व्यक्त गर्नुभयो ।