६५ बालबालिकालाई न्यानो कपडा वितरण

आर्थिक मुख्य समाचार स्थानिय समाचार

पोखरा, माघ १२ गते । बढ्दो चिसोले दैनिक जनजिवनमा पारेको असरलाई मध्यनजरगरि विलिभर्स इस्टर्न चर्च समुदाय नेपालले गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका–८ सिमलचौरस्थित होप फर चिल्ड्रेनका ६५ बालबालिकालाइ ज्याकेट तथा मफ्लर वितरण गरेको छ ।
उक्त वितरण कार्यक्रममा विलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका विशप गोपाल क्षेत्री डायोसिसेन याजक सशीधर चपाई, याजक ख्रष्टिपावल तामाङ, स्थानिय मण्डलीका याजक उर घले, आर.एल इन्टरप्राइजेजका प्रोपराइटर गजेन्द्र पोखरेल, श्री शिवराज घर्तीमगर (एच.एफ.सीका संयोजक तथा स्टाफहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा विशप गोपाल क्षेत्रीले मानव भर्य जन्मेपछि एक अर्काको दुःखमा साथ दिनुपर्छ, विशेषगरी एचएफसी ट्युसन सेन्टरका बालबालिकाहरु भविष्यका अगुवाहरु भएको बताउनुभयो भने कार्यक्रममा आर.एल.इन्टरप्राइजेजका प्रोपाइटर श्री गजेन्द्र पोखरेलज्यूले पनि कम आयश्रोत भएका बालबालिकाहरुलाई बिलिभर्स इस्टर्न चर्च समुदायद्वारा गरिएको सहायताप्रति खुशी प्रकट गर्नुभयो र आगामी दिनहरुमा अन्य संघसंस्थाले पनि यसरी नै अति आवश्यकतामा परेकाहरुलाई सहायता गरिदिन समेत आग्रह गर्नुभयो । आर.एल.इन्टरप्राइजेजका प्रोपराइटर स्वयमले पनि हरेक बालबालिकालाई आफ्नो तर्फबाट मफ्लर प्रदान गर्नुभएको थियो । श्री शिवराज धर्तीमगर (एच.एफ.सी.का संयोजक)ले अगामी दिनहरुमा पनि बालबालिकाको चौतर्फी विकासको निम्ति आवश्यक कार्यक्रमहरु होप फर चिल्ड्रेनद्वारा गर्ने वाचा गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *