भोलि पोखरामा नागरिक आन्दोलन हुने

मुख्य समाचार स्थानिय समाचार

पोखरा, माघ १६ गते । साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देल, अनिकर्म, सुदर्शन पौडेल, निर्मला न्यौपाने, आस्था नेपाली र हेमन्त पहारीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिगमनविरुद्ध भोली पोखरामा नागरिक आन्दोलन’का लागि आह्वान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध उक्त आन्दोलन हुने भएको छ । ओलीको कदमले देशलाई अधिनायकवादतिर धकेल्दै लगेको भन्दै त्यसको विरुद्धमा आन्दोलनमा उत्रिन थालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । चिप्लेढुंगाबाट दिउँसो ३ बजेदेखि शुरु हुने आन्दोलन महेन्द्रपुल भीमसेन दाहालको शालिक अगाडि पुगेर अन्त्य गर्ने बताइएको छ ।
अब पनि नबोले भविष्यमा वाक स्वतन्त्रता नै धरापमा पर्ने स्थिति सिर्जना भएकाले प्रतिगमनविरुद्ध आवाज उठाउन जरुरी रहेको आन्दोलनको ठहर छ । उनीहरुले अबको आन्दोलन नितान्त नागरिकस्तरबाट शान्तिपूर्ण र गैरराजनीतिक हुनुपर्ने बताएका छन् ।
विज्ञप्तिमा विद्यार्थी शिक्षक, लेखक, समाजसेवी एवं देश र संविधानको चिन्ता गर्ने हरेक नागरिकहरु प्रतिगमनविरुद्धको आन्दोलनको हिस्सा हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *