बागलुङमा गण्डकी प्रदेशका सांसदको गाडीको सिसा फुट्यो
पोखरा, पौष १७ गते । गण्डकी प्रदेश सभामा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाको गाडीको सिसा अज्ञात समूहले फुटाएको छ । बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले समिति सभापतिको हैसियतमा प्रयोग गर्दै आएको ग१झ ३७१ नम्बरको स्कोरपियो गाडीको पछाडिको सिसा फुटेको हो ।
सांसद थापा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रमका लागि अहिले बागलुङको बरेङ गाउँपालिकामा छन् । सोही कार्यक्रमका लागि हिजो उनी बरेङको बाटाचौर पुगेका थिए । हिजो राति नै कसैले उनको गाडीको सिसा फुटाइदिएको थियो । “आजको कार्यक्रमका लागि भनेर हिजो बाटोचौरमा राति ९ बजे आयौं, गाडी ठिकै थियो,’ सांसद थापाले भने, बिहान उठेर हेर्दा पछाडिको सिसा फुटाइएको रहेछ ।” कसले गाडीको सिसा फुटायो भन्नेबारे यकीन हुन नसकेको सांसद थापाले जनाए ।