कविता-आर्तनाद

मुख्य समाचार लेख / रचना साहित्य

सुन्दा कथा जस्तै लाग्छ
उहिले हिटलरको अत्याचारी
अनेकौं युद्धले छिन्नभिन्न भएको भुमिमा
कहिले भुकम्प विध्वंसकारी
त कहिले अनेकौं महामारी
अनि प्राकृतिक विपद
बाढी पहिरोले तहसनहस पारेको छ मुटु
जेहोस,
कसैगरी चैन छैन मनमा ।

मर्दै छ पृथ्वी
रोग,भोक र शोकले
आतंकित छ संसार
आशुमा डुबेको छ
गाउँ अनि सहर
थपिदैछ,
लासहरुको चाङमाथी
भन्कने झिंगा
अनि
कुहिएको मुर्दाहरु नै,
तत्पर छैनन् कोही
जिउँदा र जागेकाहरु
ती मुर्दाहरु उठाउन ।
समय झनै क्रुर बन्दै गएको छ
विवश छु म
अँध्यारो ओढारभित्र थुनिएर
ती मुर्दाहरुले मलाई गिज्याइरहेको हेर्न ।

नित्सेले त ईश्वर मरेको घोषणा
उहिल्यै गरेका हुन्
तर मलाई लाग्थ्यो
ईश्वर कहिल्यै मर्दैनन्
धर्म गुरुहरुले भन्थे
संसार पापले भरियो,अन्त्य आउदैछ !
हे!ईश्वर ,
यदि तिमी अझै छौ भने,
तिमीले नै यो संसार नस्ट गर्न लागेको हौ भने
यो मेरो आर्तनाद सुन्नै पर्छ तिमिले
अब पालो मेरो
मलाई लौजाउ
एक निमेष पनि विलम्व नगर
किनकि
अझै दुख,कष्ट,पिडा र अभाव सहेर
मेरा ती आफ्नाहरुको लास
वेवारिसे भई
किरापरेको हेर्ने साहस छैन म मा
लेखक- विपेन आदिमा
सिन्धुपाल्चोक ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *