गण्डकी प्रदेशः थप २० जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ५ सय ४० पुग्यो
पोखरा,असार ८। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना संक्रमित थपिएका छन । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५ सय ४० पुगेको छ ।
सोमबार बिहान स्याङजामा १२ जना र नवलपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङजाको अर्जुनचौपारी गाउँपालिका ८ पुरुष र २ महिलामा कोरोना देखिएको हो । ती मध्ये ३ जना ७ बर्षिय बालक र १ जना ६ बर्षिय बालिका रहेका छन् । यो सँगै स्याङजामा कुल संक्रमित सँख्या ९८ जना संक्रमित पुगेको छ। त्यसै गरि कालिगण्डकी गाउँपालिका २ जनामा कोरोना पुष्टि भएको छ । त्यसै गरि नवलपरासीको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए । उनीहरु १९ देखी ५० बर्ष उमेर समुहका रहेका छन् ।
नवलपुरमा कोरोना संक्रमितको संख्या १ सय ४० पुगेको छ । गण्डकीमा ५५ जनामा कोरोना जितेर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन ।