आइपिएलको पहिलो खेलमा चेन्नाईले मुम्बईलाई हरायो

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई हराएको छ । युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर […]

पुरा पढ्नुहोस् ...

मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

एजेन्सी – विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् । त्यस्तै बार्सिलोनाका तथा अर्जेन्टिनाका कप्तान ३३ वर्षीय मेस्सी फुटबलबाट सर्वाधिक कमाई गरी बिलियनर क्लबमा प्रवेश गर्ने दोस्रो फुटबलर बनेका छन् । अघिल्लो वर्ष पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर क्लबमा प्रवेश गरेका थिए […]

पुरा पढ्नुहोस् ...

लिभरपुललाई टाइ ब्रेकरमा हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

एजेन्सी – लिभरपुललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आर्सनलले कम्युनिटी सिल्ड जितेको छ । इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डको उपाधि जित्दै आर्सनलले सुखद सुरुवात गरेको छ । वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले पाए ‘गोल अफ दि सिजन अवार्ड’

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स गोल अफ द सिजन अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगको उपाधि बायर्नको पोल्टामा

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिग फुटबल फाइनलमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन “पिएसजी” लाई १–० ले पराजित गर्दै छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगको फाइनलमा, पिएसजी र बायर्न भिड्दै

पोखरा, भदौ ४। गए राती भएको खेलमा लियोनलाई ३–० गोलले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन “पीएसजी”सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि ३–० को जित दर्ता गरेको थियो । पोर्चुगलको लिस्वनस्थित जोस […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः युभेन्टस र रियल म्याड्रिड बाहिरिए

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २–२ को स्कोर भएपछि अवे गोलको आधारमा लियोन अगाडि बढेको हो । पहिलो लेग १–० ले जितेको लियोनले दोस्रो लेगको […]

पुरा पढ्नुहोस् ...

आइपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा विवाद चक्र्यो

एजेन्सी ।यसपालीको आइपिएलका सम्पुर्ण खेलहरु युएईमा गर्ने तयारीमा बिसिसीआई लागिरहेको बेला विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने कुरामा भारतमा विवाद बढेको छ ।केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ । चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक […]

पुरा पढ्नुहोस् ...

युभेन्टस बन्यो ‘सिरी ए’ च्याम्पियन

एजेन्सी । इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । योसहित युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि जितेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियालाई २–० गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो । गएराति भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक […]

पुरा पढ्नुहोस् ...

रियल म्याड्रिडलाई उपाधिको लागि एक जित आवश्यक

एजेन्सी । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २–१ ले पराजित गरेपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक छ ।ग्रानडाको मैदानमा रियलले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड […]

पुरा पढ्नुहोस् ...

उपाधीतर्फ अग्रसर हुँदै रियल म्याड्रिड

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई १–० ले पराजित गरेको छ । अंक तालिकाको शीर्षस्थानमा रहेको रियलको निम्ति कप्तान सर्जियो रामोसले १ गोल गरे ।घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई पराजित गर्न निकै मिहिनेत गर्नुपर्यो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि गेटाफेले दोस्रो […]

पुरा पढ्नुहोस् ...

लिभरपुल बन्यो प्रिमियर लिग च्याम्पियन

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । बिहीबार लिग अन्तर्गत भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएपछि लिभरपुलले ३० वर्षपछि उपाधि हात पारेको हो। जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हारको आवश्यक्ता थियो। बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी […]

पुरा पढ्नुहोस् ...

अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा महिला विश्व कप फुटबल २०२३ आयोजना गर्ने

एजेन्सी । सन् २०२३ मा हुने महिला फुटबल विश्व कप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो । यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन […]

पुरा पढ्नुहोस् ...

लिभरपुलले उपाधि जित्न अझै दुई जित निकाल्नुपर्ने

एजेन्सी । लिभरपुलले आफ्नो पहिलो इंग्लिस लिग उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । आइतबारको दर्शकविहीन मर्सिसाइड डर्बीमा एभरटनले उसलाई गोलरहित बराबरीमा रोक्यो । निश्चित लिग उपाधितर्फ अग्रसर लिभरपुलको प्रदर्शन कमजोर रहेको थियो । योर्गन क्लोपको लिभरपुलले १ सय ३ दिनको अन्तरपछि पहिलो आधिकारिक खेल खेलिरहेको थियो ।बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई […]

पुरा पढ्नुहोस् ...