मेस्सी बने सर्वाधिक कमाउने फुटबलर

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी – विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् । त्यस्तै बार्सिलोनाका तथा अर्जेन्टिनाका कप्तान ३३ वर्षीय मेस्सी फुटबलबाट सर्वाधिक कमाई गरी बिलियनर क्लबमा प्रवेश गर्ने दोस्रो फुटबलर बनेका छन् । अघिल्लो वर्ष पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर क्लबमा प्रवेश गरेका थिए ।फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । मेस्सीले गतवर्षको सर्वाधिक कमाई गर्ने पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।

फोर्ब्सको अनुसार मेस्सीको वार्षिक कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । उनले पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर र ३४ मिलियन इन्डोर्समेन्टबाट आम्दानी गरेका हुन् । मेस्सी एडिडास, पेप्सी, बडवाइजर र अल भिजन कम्पनी ओरकाम टेक्नोलोजीसँग आबद्ध छन् । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन “पीएसजी” का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् । फ्रान्स तथा पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलोपटक सुचीको चौथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ । इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौ स्थानमा रहेका छन् । यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैटौं, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोइन ग्रिजम्यान सातौं र २९ मिलियनसहित स्पेनिस क्लब रियल म्याड्रिड तथा वेल्सका ग्यारेथ बेल आठौं स्थानमा छन् । त्यस्तै बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डे हेया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *