लामो दुरीको यातायात असोज ५ गतेबाट खुला गर्ने सरकारको निर्णय
पोखरा, २९ भदौ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । त्यस्तै आज बसेको बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ जानकारी गराउनु भएको थियो । साथै नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङको नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै एजेण्डै नआएको जानकारी पनि प्राप्त भएको छ ।