रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण, कुल संख्या ७०२ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा — रौतहट जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको छ ।
यो समेत जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ । तीन जना उपचारपछि ठीक भएका छन् । सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए । त्यस्तै देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमा १३ गरुडामा एक र राजदेवी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई कहाँ राख्ने भन्ने यकिन हुन सकेको छैन ।
जिल्लामा आइसोलेसन वार्ड अभावका कारण संक्रमितहरुलाई राख्न समस्या हुन थालेको जानकारी प्राप्त भएको छ । संक्रमितहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । भारतबाट आएका उनीहरु सबैलाई सिधै क्वारेन्टाइनमा लिएर राखिएको थियो । संक्रमितहरुको ठेगाना भने खुलाइएको छैन । भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुरहरु घर फर्केसँगै कोरोना संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढेको छ । अहिले जिल्लाको विभिन्न क्वारेन्टाइनहरुमा भारतबाट फर्केका नेपाली कामदारहरु २ हजार ७ सयका हाराहारीमा छन् । बिश्वभर कोभिड १९ को संक्रमण बढेसँगै भारतले गरेको लकडाउनका कारण मजदुरहरु उतै फसेका थिए । अहिले खुकुलो बनाएपछि उनीहरु धमाधम कुनै न कुनै माध्यमबाट सीमासम्म आउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *