स्याङ्जामा पनि देखियो कोरोना संक्रमण, पछिल्लो पटक संक्रमित संख्या ९० गरी कुल संख्या ७७२

नेपाल मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, १३ जेठ । स्याङ्जाका दुई जनामा कोरोना संक्रमण देखिए सँगै गण्डकी प्रदेशमा संक्रमितको संङ्ख्या ७ पुगेका छ । जेठ १० गते भारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका २० र २९ बर्षिय दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । गण्डकी अस्पताल पोखराको प्रयोगशालामा पिसिआर बिधिबाट उनिहरुको कोरोना परिक्षण भ​एको थियो । पिसिआर पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा सारिएको छ । गण्डकी प्रदेशसभामा स्याङ्जाका सांसदले उनिहरुलाई गण्डकी अस्पतालमा ल्याएर उपचारको गराउन माग गरेका छन् । त्यसैगरी पछिल्लो परीक्षणमा कोरोन संक्रमितको संख्या ९० पुगेको छ । यो अनुसार कुल संक्रमित संख्या ७७२ पुगेको छ जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले दिनु भएको हो ।
बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन्। सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ। सुर्खेतमा थप १२ जनामा कोरोना लागेको छ ।
त्यस्तैगरी नेपालमा कोरोना भाइरसबाट १५५ निको भएका छन् । संक्रमण भएको जिल्ला ४६ पुगेको छ भने अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *